मेरोमाइक्रोफाइनान्सद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

लोकपथ
889
Shares

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षित सामग्री वितरण गरेको छ।

बेलकोटगढी नगरपालिकाको श्री कल्याणिदेवी माध्यामिक विद्यालयका ६० जना, श्री बागेश्वरी प्राथमिक विद्यालयका ५० जना र विदुर नगरपालिकाको आगापुटार स्थित श्री शुलक्षणा माध्यमिक विद्यालयका १०८ जना विद्यार्थीहरु लाभान्वित भएका थिए ।

त्यस्तै रसुवाको उत्तरगया गाउँपालिका मनिगाउँस्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरुले आइतबार र सोमबार प्रतिविद्यार्थी एक दर्जन कापी, पेन्सिल र झोला शैक्षिक सामग्री वितरण गरिएको हो।

‘कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामग्री प्रदान गर्दा विद्यार्थीहरुको मनोबल बढ्नुको साथै ग्राहक, समाज र संस्थाबीच आत्मीय सम्बन्धमा बढावा हुनेछ’, संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले बताए ।

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा विभिन्न सामाजिक चेतनासम्बन्धी क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको फाइनान्सले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रहरु गर्दै जाने बताए ।

मेरोमाइक्रोफाइनान्स नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत करिब २ लाखभन्दा बढी गरिव तथा विपन्न घरपरिवारहरुलाई सामाजिक तथा आर्थिक कृयाकलापमा सहयोग पुग्ने उद्देश्यका साथ विभिन्न लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?