खुशीयाली मनाउने क्रममा दुई समर्थकको मृत्यु

फ्रान्स । फिफा विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेसँगै खुशीयाली मनाउने क्रममा दुई जना समर्थकको मृत्यु भएको छ । 

रसियामा भएको विश्वकपको फाइनलमा क्राएसियालाई फ्रान्सले ४—२ गोलले हराएसँगै विजयी जुलुस निकाल्ने क्रममा भागदौड मच्चिएको थियो । भागदौडमा अझ अप्रिय घटना नघटेको भनेर प्रहरीले नियन्त्रण्मा लिइएको बताइएको छ ।

हुलदुंगालाई नियन्त्रण लिन प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । पेरिसस्थित आइफेल टावर नजिकै ठूलो टिभी स्क्रिनमा खेल हेर्ने क्रममा हुलदुंगा भएको थियो । एल्फाइन सिटी नजिकै खुशीयाली मनाउदा नाम नखुलाइएका दुई जनाको निधन भएको हो ।

५० वर्षीय नहरमा खसेर र ३० वर्षीय समर्थकको कार दुर्घटनाका क्रममा मृत्यु भएको बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?