‘ब्रेकअप’ पछि खुलेकी कायरा गर्ल उर्फ साम्राज्ञीको मुस्कान (फोटो फिचर)

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा केही दिनदेखि अझ बढेको छ । उनको चर्चा हुनुका खासगरी तीन कारण छन् – ब्रेकअप, कायरा र इन्टु मिन्टु लण्डनमा ।

फिल्म ‘तिमीसँग’ बक्स अफिसमा खासै चर्चामा आउन सकेन तर उनी अभिनित दुई फिल्म ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ ले राम्रो व्यापार गरे । उनलाई चर्चित नायिकाका रुपमा लिने गरिन्छ । केही दिनदेखि उनी आफ्ना प्रेमी मंयक खड्कासँगको ब्रेकअपका कारण पनि चर्चामा छिन् ।

ब्रेकअपको कुरा उठिरहेका बेला उनी यसबारेमा भने खासै बोल्दिनन् ।

शनिवार साम्राज्ञी काठमाडौंमा फिल्म ‘कायरा’ को प्रचारका क्रममा भेटिएकी थिइन् । आफूले अभिनय गरेको फिल्मको प्रचारमा लाग्ने साम्राज्ञी यो फिल्मको कथा आफूलाई मन परेकाले अभिनय गर्न राजी भएको बताइन् । ‘फिल्मको कथा मन प–यो, कथा सुनेपछि मैले इग्नोर गर्नै सकिन’, उनले भनिन्, ‘फिल्ममा काम गर्दा कति समय शूटिङ सकियो भन्ने थाहा नै भएन, फिल्म राम्रो बनेको छ ।’

जतिबेला उनी फिल्म ‘ड्रिम्स’ मा अभिनय गर्न राजी भएकी थिइन्, त्यतिबेला उनलाई परिवारबाट पनि राम्रो सहयोग मिलेको थिएन । तर अहिले भने उनलाई परिवारले पूर्ण सहयोग गरेको छ । कतिपय कार्यक्रममा त उनी आफ्नी आमासँग पनि आइरहेकी हुन्छिन् ।

‘फिल्म क्षेत्रमा आउन खोज्दा अरे यार, किन यो क्षेत्रमा लाग्छस् भनेर भन्नुहुन्थ्यो, तर मलाई भित्रैदेखि फिल्म क्षेत्रमा काम गर्न मन थियो, अहिले मैले सबैको सपोर्ट पाएकी छु’, शाह सुनाउँछिन्, ‘अहिले पनि कहिलेकाहीँ बन्ने समाचारलाई लिएर आफन्तलाई भन्ने गर्नुहुन्छ, तर आजकाल सानातिना कुराले मलाई खासै फरक नै पार्दैन ।’

उनी अभिनित फिल्म 'कायरा' यही साउन १८ गतेबाट रिलिज हुँदैछ ।

तस्वीरः अर्घेलो थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?