टेनिस खेलाडी श्रीराम मगरको निधन

काठमाडौं । पूर्व राष्ट्रिय टेनिस च्याम्पियन श्रीराम मगरको हृदयघातका कारण निधन भएको छ ।

उनको शनिबार राति १२ः४० बजे बस्दै आएको त्रिपुरेश्वरस्थित कोठामा निधन भएको थियो । 

उनी जुनियर टेनिस इनिसिएटिभ ‘जेटीआई’ कार्यक्रमका प्रशिक्षक थिए । बल ब्वाइजका रूपमा टेनिसमा संलग्न मगरले पछिल्लोपल्ट वैशाखमा काठमाडौंमा सम्पन्न छैटौं सिटिजन्स बैंक खुला टेनिसको मिक्स डबल्समा इरा रावतसँग मिलेर स्वर्ण  पदक जितेका थिए ।

उनले सातौं र १२ औं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएका थिए ।
 आइतबारै अन्त्येष्टि गरिएका मगरका श्रीमती, १–१ छोराछोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?