काठमाडौं । बैंकिङ क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुछ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोवाईल बैंकिङ एप, एमबिएल–एम स्मार्ट को सुरुवात गरेको छ । यसअघि माछापुछ्रे मोवाईल मनी (एम ३) को रुपमा संचालनमा रहेका मोवाईल बैंकिङ एपलाई बैंकले ओम्नी च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरि एमबिएल–एम स्र्माटकोरुपमा शुभारम्भ गरेको हो ।
विभिन्न नयाँ सुविधा सहित शुभारम्भ गरिएको एमबिएल–एम स्र्माट एपमा आफैले पास वर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिष्ट्रेशन गर्न सकिने मोबाइलबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै लोन लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्युआर स्क्यान गरी क्यु आर भुक्तानी गर्न मिल्ने , विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाले भरिपूर्ण छ ।
बैंकले एमबिएल–एम स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दे ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप संचालनमा ल्याएको जानकारी दिएको छ ।
समय सापेक्ष आफ्ना सेवा सुविधालाई थपपस्किृत र परिमार्जित गर्दै लैजाने रणनिती तथा ग्राहकलाई पूर्णरुपमा डिजिटल सेवाहरु प्रदान गर्ने लक्ष्य सहित अगाडी बढिरहेको माछापुछ्रे बैंकले नेपाल मै पहिलो पटक वी च्याट पे सुरुवात गरेको थियो । त्यस्तै आर्टिफिसियल इन्टेलेजेन्सीमा आधारित च्याटबट “माया” पनि नेपालमा पहिलो पटक माछापुछ्रे बैंकले नै शुभारम्भ गरेको हो ।
बैंकले ओम्नी च्यानलमा आधारित अत्याधुनिक कल सेन्टर, व्यक्तिगत तथा कर्पोरेट इन्टरनेट बैंकिङ्ग, आफ्नै वालेट , रेमिट एप लगायतका यस्ता थुपै सुविधाहको माध्यमबाट ग्राहकहरु बैंक आउनै पर्ने बाध्यता कम गर्दै लगेको छ । नयाँ नयाँ डिजिटल सेवाको साथमा ग्राहकहरुलाई डिजिटल युगको अनुभव प्रदान गर्दै आफुलाई एउटा स्मार्ट बैंककोरुपमा सधै अग्र स्थानमा राख्न सफल भएको छ ।
यसै क्रममा डिजिटल कारोबारलाई अझ सहज र सरल बनाउदै बैंकिङ्ग सेवालाई अर्को तहमा पुर्याउने उदेश्य सहित बैंकले मोवाईल बैैकिङ एप एमबिएल–एम स्र्माट संचालनमा ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया