विश्वकप समीक्षा २०१८ : मेस्सी र रोनाल्डो युगको अन्त्य भएको हो?

काठमाडौं । फिफा वल्र्डकप, चार वर्षको अन्तरमा आयोजना हुने विश्वकै चर्चित प्रतियोगीता । 

विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ले आयोजना गर्ने सर्वाधिक पुरस्कार राशी भएको विश्वकप खेल्ने विश्वभरका साना देखि ठूला राष्ट्रहरुको ‘सपना’ । 

‘फिफा’ ले यो सुन्दर अवसर सबै देशलाई दिँदै आइरहेको छ । तर, केही राष्ट्रहरुले विश्वकप खेल्दै सपना पूरा गरिसकेका छन् भने बाँकी राष्ट्रहरु अझै आफ्नो सपनालाई जीवितै राखी राखेका छन् ।

केही एसियाली राष्ट्रले विश्वकप फुटबलमा आफ्नो खेल कौशलता प्रर्दशन गर्दै धेरै प्रशंसकहरुको मनमस्तिष्कमा बसिसकेका छन् भने दक्षिण एसियाली राष्ट्रले विश्वकपको छनोट पनि पार गर्न नसकेको अवस्था छ ।

नेपालको त झन् कुरै नगरौँ, विश्वकपमा सहभागीता जनाउन थालेको तीन दशक नाघिसक्यो तर नतिजा भने सधैैं ‘हात लाग्यो शुन्य’।

दोस्रो पटक फ्रान्सले उपाधि जित्दै इतिहास रचेसँगै २१ औं संस्करणको फिफा विश्वकप फुटबल औपचारिक रुपमा सम्पन्न । फाइनलमा नयाँ टोली क्रोएसिया ४—२ गोलले पराजित गर्दै फ्रान्सले २० वर्ष पछि दोस्रो पटक विश्वकपको उपाधिमाथि कब्जा जमायो ।

नेपालले ७ पटक छनोट खेले पनि अघिल्लो चरणको यात्रा तय गर्न सकेको छैन । सन् १९८६ को विश्वकप छनोटमा नेपालले पहिलो पटक भाग लिएको थियो । ८० को दशकको बेला रुपकराज शर्माको कप्तानीमा रहेको नेपाली फुटबललाई गोल्डेन जेनेरेशनको रुपमा मानिदै आइएको छ ।

३२ वर्ष लामो सहभागीताको इतिहास बोकेको नेपालले सन् १९९४ र २००६ बाहेकको बाँकी छनोटमा भने प्रतिस्पर्धा गरेको थियो ।

यता, दोस्रो पटक फ्रान्सले उपाधि जित्दै इतिहास रचेसँगै २१ औं संस्करणको फिफा विश्वकप फुटबल औपचारिक रुपमा सम्पन्न भएको छ । फाइनलमा नयाँ टोली क्रोएसिया ४—२ गोलले पराजित गर्दै फ्रान्सले २० वर्ष पछि दोस्रो पटक विश्वकपको उपाधिमाथि कब्जा जमायो ।

विश्वकप फुटबलको आयोजना सफलतापूर्वक सम्पन्न गरेसँगै रसियाले विश्वभरि नै तारिफ पाएको छ । यसअघि विश्वकपको आयोजनालाई लिएर रसियामाथि केही टिक्का टिप्पणी नभएको भने होइन तर रसियाले ती सबै नकारात्मक भ्रमलाई तोड्दै प्रतियोगिताको सफल आयोजना गरिसकेको छ । 

एक महिनासम्म भएको विश्वकप फुटबलमा ३२ राष्ट्रले विभिन्न समूह रहँदै प्रतिस्पर्धा गरेको थियो । प्रतियोगिता अवधिभर कूल ६४ खेलमा १ सय ६९ गोल गरेका छन् । रसियाका विभिन्न ११ शहरका १२ वटा रंगशालामा ६४ वटा खेल संचालन भएको थियो  ।

प्रतियोगिताका दौरान ३२ टिमका कुल ७ सय ३६ खेलाडी रसिया पुगेका थिए । खेलमा ६३ खेलमा गोल हुँदा समूह चरणमा फ्रान्स र डेनमार्क बीचको खेल मात्र गोलरहित बराबरीमा सकिएको थियो ।

गोलका हिसाबले एक खेलमा २ भन्दा बढी गोल भएको छ । जहाँ १ सय १० जना खेलाडीले गोल गरे भने सहभागी सबै ३२ वटै टिमले गोल गर्न सफल भए । 

विश्वकपमा रेकर्ड बनेको खेल
समूह ‘जी’ को बेल्जियम र ट्युनिसियाबीचको समूह चरणको खेलमा सर्वाधिक ७ गोल भएको थियो ।

निक्कै प्रतिस्पर्धात्मक बनेको सो खेलमा बेल्जियमका लागि इडेन हर्जाड र रोमेलु लुकाकुले समान २—२ गरेका थिए । साथै, सो खेलका दौरान दुवै पक्षबाट गोलका लागि सर्वाधिक ३१ प्रहार भएको थियो ।

समूह चरणकै पहिलो खेलमा बेल्जियम र पानामाका खेलाडी गरी ८ कार्ड पाएका थिए । विश्वकपमा पहिलो पटक स्थान बनाएको पानामाले प्रतियोगिता अवधिभर सबैभन्दा बढी ११ गोल खाने टिमको रेकर्ड बनाएको छ । 

त्यस्तै, क्वार्टरफाइनल खेलमा पूर्व विश्व च्याम्पियन स्पेन र आयोजक राष्ट्र रसियाको बीच खेलका दौरान सर्वाधिक पास भएको रेकर्ड बनाएको छ । सो खेलमा दुवै टिमबीच १२३५ खेलाडीहरुबीच पास भएको थियो ।

स्पेनलाई टाइब्रेकरमा ४—३ गोल अन्तरले हराउँदै रसिया सेमिफाइनलमा पुगेको थियो । 

तेस्रो स्थानले दिएको खुशी
बेल्जियमले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ३२ वर्ष पछि सेमिफाइनलको यात्रा तय गरेको थियो ।

खेलका दौरान अप्रत्यासित नतिजा निकाल्दै अन्तिम चारसम्म पुगेको बेल्जियमको विश्वकपमा उपाधि जित्ने सपना भने पूरा हुन सकेन । प्रिक्वार्टरफाइनलमा एसियाली राष्ट्र जापानलाई ३—२ गोलले, क्वार्टरफाइनलमा उपाधिको दाबेदार मानिएको पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई २—१ गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

तेस्रो स्थानको लागि भएको प्लेअफको खेल भने क्रोएसियासँग पराजित इंग्ल्याण्डलाई २—० ले पाखा लगाउँदै तेस्रो स्थान प्राप्त ग¥यो । ६ खेलमा जित हात पारेर विश्वकप उपाधि उचाल्न नसक्ने बेल्जियम चौथो टोली बन्यो ।

सन् १९७४ मा पोल्यान्डले विश्वकपमा सबैभन्दा पहिला यो तथ्य छोएको थियो । त्यसपछि १९९० मा इटाली र २०१० मा नेदरल्यान्ड्सले पनि ६ खेल जित्दा पनि विश्वकपको ट्रफी उठाउन सकेका थिएनन् ।

इटाली सन् १९९० मा सेमिफाइनलमा अर्जेन्टिनासँग र नेदरल्यान्ड्स सन् २०१० मा स्पेनसँग फाइनलमा मात्र पराजित भएको थियो । 

उपाधि दाबेदार टिम बाहिरिँदा विश्वकपले अर्को मोड लियो 
विश्वकपको उपाधि दाबेदार मानिएको अधिकांश टिमहरु बाहिरिँदा विश्वकपले अर्कै मोड लिएको थियो ।

पाँच पटकको च्याम्पियन ब्राजिल, दुई पटकको विजेता अर्जेन्टिना, स्पेन, पोर्चुगल र जर्मनीले २१ औं संस्करणको विश्वकपमा खासै राम्रो नतिजा निकाल्न सकेन । सन् १९७८ र १९८६ को विश्व च्याम्पियन अर्जेन्टिनाले प्रि—क्वार्टरफाइनल भन्दा माथिको स्थान तय गर्न सकेन ।

नकआउट चरणको खेलमा अर्जेन्टिना फ्रान्ससँग ४—३ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

यता सन् २०१० को विजेता स्पेन आयोजक राष्ट्र रसियासँग टाइबे्रकरमा ४—३ ले पराजित भएसँगै विश्वकपमा यात्रा पुर्णविराम लाग्यो । यता, स्पेनले फिफा फेयर प्लेको अवार्ड प्राप्त ग¥यो ।

फिफाले कतारमा हुने प्रतियोगिता नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म चल्ने पक्का गरिसकेको छ । कतार विश्वकपमा ३२ बाट ४८ राष्ट्रसम्म पुग्ने बताइएको छ ।  

सन् २०१० को च्याम्पियन स्पेन अन्तिम १६ बाट बाहिरिएको थियो ।

विश्वकप इतिहासमा सर्वाधिक पाँच पटक उपाधि जित्ने राष्ट्रको कीर्तिमान बनाएको ब्राजिलले भने क्वार्टरफाइनलसम्म पुगेको थियो । प्रि—क्वार्टरफाइनलमा मेक्सिकोलाई २—० ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको थियो ।

क्वार्टरफाइनलमा ब्राजिल बेल्जियमसँग २—१ ले पराजित भएको थियो । अहिलेसम्म विश्वकपमा त्यति राम्रो नतिजा निकाल्न नसकेको पोर्चुगललाई पनि उपाधि दाबेदार राष्ट्रको रुपमा हेरिएको थियो ।

समूह चरणमा ठिकै खेल खेलेको पोर्चुगलले भने नकआउट चरणसम्मको यात्रा तय गरेको थियो । प्रि—क्वार्टरफाइनलमा उरुग्वेसँग २—१ को हार बेहोर्दै पोर्चुगल बाहिरिएको थियो । यता डिफेन्डिङ च्याम्पियन जर्मनीले भने विश्वकपको समूह चरण पनि पार गर्न सकेन ।

सन् २०१४ को फाइनलमा अर्जेन्टिनालाई १—० ले हराउँदै उपाधि जितेको जर्मनीले समूह चरणमा १ मा जीत र २ खेलमा हार बेहोरेको थियो । समूह ‘एफ’ मा रहेको जर्मनीले स्वीडेनलाई मात्र हराएको थियो ।

मेक्सिको र दक्षिण कोरियासँग पराजित भएको जर्मनीले २०१८ को विश्वकपमा सबै समर्थकलाई निराश बनायो । जर्मनीले ८० वर्षमा पहिलो पटक दोस्रो चरणमा पनि पुग्न सकेन । 

अफ्रिकन र एशियाली टिमको सहभागिता

सन् १९८२ यता पहिलोपल्ट अफ्रिकन टिमहरु समूह चरणभन्दा माथि जान सकेनन्।

सेनेगल, ट्युनिसिया, नाइजेरिया, इजिप्ट र मोरक्को गरेर जम्मा ३ खेल जिते । यसले युरोपियन टोलीहरुले जमाएको वर्चस्वमा अफ्रिकन टोलीको सन्तुलनता स्पष्ट देखाउँथ्यो । भाग्य पनि रसियामा अफ्रिकन टोलीको साथमा थिएन ।

समूह ‘एच’ मा जापानसँगै सेनेगल दोस्रो स्थानमा थियो, तर फेयर प्लेका आधारमा सेनेगल बाहिरिन पुग्यो । प्रमुख खेलाडी मोहम्मद सलाह पूर्ण रुपमा फिट नहुँदा इजिप्ट र अफ्रिकाले त्यसको भार बेहोर्नुर्पयो ।

यता जापान, दक्षिण कोरिया, साउदी अरेबिया, अस्ट्रेलिया, इजिप्ट र इरानले एसियाली राष्ट्रको प्रतिनिधित्त्व गर्दै विश्वकपमा सहभागिता जनाएको थियो । जापानले विश्वकपको दोस्रो चरणमा स्थान बनाउँदा अरु राष्ट्र भने सहभागितामा मात्र सिमित रह्यो । 

विश्वकपबाट चम्पिएका युवा खेलाडी

फ्रान्सका केलियन एमबाप्पे फिफा युवा खेलाडी अवार्डबाट सम्मानित भए । मोनाको क्लबबाट व्यवसायिक खेल खेल्दै आएका एमबाप्पे १८ करोड युरोमा पेरिस सेन्ट जर्मनमा आबद्ध भएसँगै एकाएक चर्चामा आए ।

विश्व फुटबलमा यो दोस्रो महँगो सरुवा रकम थियो । फ्रान्सले विश्वकपको प्रि—क्वार्टरफाइनलमा अर्जेन्टिनालाई ४–३ गोलले पराजित गरेसँगै एमबाप्पे सबैको पहिलो रोजाईको खेलाडी बने ।  सो खेलमा उनले आफ्नो स्पिड र ड्रिब्लिङले अर्जेन्टिनी रक्षकलाई माथ दिँदै २ गोल मात्र गरेनन् अर्को गोलको सिर्जना पनि गरे ।

उनी १९ वर्षका मात्र छन् । सन् १९५८ यता पेलेपछि विश्वकपका एकै खेलमा दुई गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् । त्यसयता उनको तुलना पेलेसँग हुँदै आएको छ ।

शरणार्थी देखि सफल कप्तानसम्म

शान्त र अनुशासित खेलाडी भनेर चिनिने क्रोएसियाका लुका मोड्रिच फिफाको गोल्डेन अवार्डबाट सम्मानित भए ।

रियल म्याड्रिडलाई पाँच सिजनमा चौथोपल्ट च्याम्पियन्स लिगको उपाधि दिलाएर आएका मोड्रिचको प्रर्दशन विश्वकपमा निक्कै प्रशंसनिय थिए । फाइनलअघि नै तीन म्यान अफ द म्याच पाउँदै आएका मोड्रिचले विश्वको उत्कृष्ट मिडफिल्डरमा उभ्याएका थिए ।

मोड्रिचले अर्जेन्टिनासँगको खेलमा लामो दूरीबाट शानदार गोल गरे । समूह चरणको त्यही खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० लाई पराजित गरी दाबेदारिता प्रस्तुत गरेको थियो ।

डेनमार्कसँग अतिरिक्त समयमा पेनाल्टी गुमाउन पुगे पनि उनले पेनाल्टी शुटआउटमा डेनमार्क र रसियाविरुद्ध गोल गरेका थिए ।

सन् १९८५ सेप्टेम्बर ९ मा युगोस्लाभियाको जादरमा जन्मिएका लुका मोड्रिचले बाल्यकाल शरणार्थीका रुपमा बिताएका थिए ।

गोल्डेन बुट अवार्ड 
यता गोल्डेन बुटको अवार्ड इंग्ल्यान्डका कप्तान ह्यारी केनले हात पारे । केनले विश्वकप अवधीभर सर्वाधिक ६ गोल गर्दै सो अवार्ड जितेका हुन् ।

बेल्जियमका रोमेलु लुकाकु तथा फ्रान्सका एन्टोनी ग्रिजम्यान र एमबाप्पेले समान ४—४ गोल गरेका थिए । 

गोल्डेन ग्लोभ अवार्ड
बेल्जियमका थिबौट कौटियसले गोल्डेन ग्लोभ अवार्ड जित्न सफल भएका थिए ।

बेल्जियमलाई तेस्रो स्थानसम्म ल्याउन उनको भूमिका निक्कै महत्त्वपूर्ण रह्यो । 

मेस्सी र रोनाल्डो युगको अन्त्य ?
३१ वर्षे अर्जेन्टिनी लियोनेल मेस्सी र ३३ वर्षे पोर्चुगलका क्रिस्टियानो रोनाल्डोका लागि यो विश्वकप जित्ने अन्तिम मौका थियो ।

उनीहरूको टोली क्रमशः अर्जेन्टिना र पोर्चुगल नकआउट भन्दा माथि जान सकेन । रोनाल्डोले विश्वकपका दौरान ह्याट्रिक गर्दै प्रतियोगितामा आफ्नो सुरुवात गरेका थिए ।

तर रोनाल्डोको टोलीले स्पेनसँगको खेलमा ३–३ को नतिजामात्र निकाल्न सकेको थियो । 

यता लियोनोल मेस्सीले एकमात्र गोल नाइजेरियासँग गरे । उनका लागि चित्त बुझाउने के हो भने त्यो गोलले अर्जेन्टिना समूह चरणबाटै बाहिरिनबाट जोगियो ।

फ्रान्ससँग अर्जेन्टिनाको ७ गोलको जुन रोमाञ्चक खेल थियो, त्यसमा मेसीको एमबाप्पेको कुनै तुलना नै हुँदैन थियो । मेस्सी र रोनाल्डोले फिफा वर्ष खेलाडी हुनेक्रममा पछिल्ला १० वर्षमा बालोन डी’अर अवार्ड समान ५ पटक जिते ।

अब यी दुईको प्रभुत्व समाप्त भएको मानिएको छ ।

‘भार’को पहिलो पटक प्रयोग

फिफा विश्वकप फुटबलमा पहिलोपटक भार (भिडियो एसिस्टेन्ट रेफ्री) को प्रयोग गरिएको थियो ।

‘भार’को प्रयोगसँगै रेफ्रीले दिएको निर्णयमा सहयोग पुग्यो । सेमिफाइनल संस्करण सम्पन्न भएयता ‘भार’ले ५ खेलमा टिमलाई अवसर दिइएको थियो ।

सन् २०१४ को ब्राजिल विश्वकपसम्म रेफ्रीले दिएको निर्णय नै अन्तिम निर्णय मान्ने गरिन्थ्यो तर यसपालिको विश्वकपमा भने रेफ्रीले दिएको निर्णयलाई परिवर्तन गर्न ‘भार’ले सघाउ पु¥यायो । 

चार वर्षपछि कतारमा २२ औं संस्करण
एसियाली राष्ट्र कतारलाई सन् २०२२ को २२ औँ संस्करण आयोजना गर्ने जिम्मा दिँदै रसिया विश्वकप सम्पन्न भएको छ ।

विश्वकप आयोजना गर्ने राष्ट्रले लगातार राम्रो प्रतिक्रिया हात पर्ने क्रममा अब सबैको नजर कतारतिर हुनेछ ।

चार वर्षपछि एसियाली राष्ट्र कतारमा हुने विश्वकप कस्तो होला भन्ने कौतुहल सुरु भइसकेको छ । यो पक्का छ कि उक्त प्रतियोगिता पृथक हुनेछ । फिफाले कतारमा हुने प्रतियोगिता नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म चल्ने पक्का गरिसकेको छ ।

कतार विश्वकपमा ३२ बाट ४८ राष्ट्रसम्म पुग्ने बताइएको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?