अर्को सिजनसम्म ‘पिएसजी’ मा नै रहन्छु : केलियन एमबाप्पे

फ्रान्स। फ्रान्सका चर्चित युवा फरवार्ड कृलियन एमबाप्पे अर्को सिजनमा पनि पेरिस सेन्ट जर्मेनमा नै रहने बताएका छन् । 

स्पेनिस क्लब रियल म्याड्रिड जाने चर्चा चलिरहेका बेला एमबाप्पे ‘पिएसजी’ मा नै रहने पक्का भएको जानकारी दिइएको हो । उनी फिफा विश्वकप फुटबलमा युवा खेलाडी घोषित भएका थिए ।

फाइनलमा क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप जित्दा एमबाप्पेले टोलीका लागि महत्वपूर्ण तेस्रो गोल गरेका थिए । युवा खेलाडी घोषित मध्ये विश्व कपमा गोल गर्ने पेले पछि एमबाप्पले पहिलो खेलाडी पनि बनेका छन् ।

क्रिस्टियानो रोनाल्डो रियल छाडेर युभेन्ट्स गएसँगै एमबाप्पले स्पेन जान सक्ने अड्कल शुरु भएको थियो ।

उनी मात्र होइन पिएसजीकै ब्राजिलियन स्टार नेयमारलाई पनि रोनाल्डोको विकल्पका रुपमा रियलले लान चाहेको समाचार आइरहेका छन् । यसबीचमा एमबाप्पले यो वर्ष ‘पिएसजी’ मा नै रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?