काठमाडौं, २७ असोज— आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकबाट चुनाव लड्ने घोषणा गरेका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफूलाई साथ दिन अनुरोध गरेका छन् ।कांग्रेसका बलिया उम्मेदवार प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गर्न लागेको मिश्रले तत्कालका लागि क्षेत्र नम्बर १ का लागि दर्जनौं उर्जावान र आउँदो डेढ महिना थोरै या धेरै समय दिन सक्ने स्वयंसेवीहरूको जरूरत परेको भन्दै साथ दिन आग्रह गरेका छन् । उनले जसले जसरी सक्छ त्यसैगरी सहयोग गरिदिन पनि अपिल गरेका छन् ।उनले ‘साथ दिएर के गर्नु, हुने होईन‘ भनिए ‘हुँदैन’ र नेपाली जनताले अहिलेको जस्तै नियति वर्षौं भोग्नु पर्नेतर्फ सचेत गराउंदै भनेका छन्, ‘हामी सबैले साथ दियो भने ‘हुन्छ हुन्छ’ भन्नुभयो भने अवश्य ‘हुन्छ’ र यो देश हाम्रै जीवनकालमा परिवर्तन गर्न सकिन्छ।’काठमाडौं क्षेत्रनम्बर १ मा नयाँ तथा पुरानो वानेश्वर, मैतिदेवी, डिल्लीबजार, अनामनगर, मिनभवन, शंखमुल, बबरमहल, थापाथलि, त्रिपुरेश्वर, भोटेबहालका क्षेत्र पर्छन् ।यसैबीच विवेकशील साझा पार्टीले आगामी निर्वाच्नमा कम्तीमा पनि पार्टीको पक्षमा ३ प्रतिशत आउनु पर्ने भन्दै भोट दिन आह्वान गरेको छ ।पार्टीका संयोजक मिश्रले भनेका छन् – यो पटक हामीले कम्तिमा ३ प्रतिशत भोट लेराएर एउटा सिट जित्नै पर्ने हुन्छ, यद्दपि हामी हाम्रो आशा त्यो भन्दा बढी छ। तपाईंले त्यति ल्याउन सहयोग गर्नै पर्छ भनेर सोचिदिनुभयो भने त्यो निश्चय पनि संभव हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया