काठमाडौं । विश्वको अग्रणी सेनेटरीवेयर स्पेस र प्रिमियम बाथरूम समाधानमा अग्रगामी कम्पनी रोका बाथरूम प्रोडक्ट्स प्रालि (RBPPL)ले निरन्तर बढ्दो ब्रान्ड इकोसिस्टमको फाइदा उठाउन नेपालमा ८ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ ।
कम्पनीले नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन यस ठाउँहरुमा नयाँ शोरुमको विस्तार गरेको हो ।
कम्पनीले श्री केई रंगनाथन, प्रबन्धनिर्देशक, रोका बाथरूम प्रोडक्ट्स प्रा.लिको नेपाल भ्रमणको अवसर पारी ८ वटा नयाँ शोरुम, ५ वटा ब्रान्ड प्यारीवेयर र ३ वटा ब्रान्ड रोकाको उद्घाटन गरेको हो ।
ब्रान्ड प्यारीवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २० प्रतिशत को बजार हिस्सा पाएको छ । विश्वको नम्बर १ बाथरूम निर्माता र युरोपेली ब्रान्ड रोका संसारका १८० भन्दा बढी देशहरूमा अवस्थित छ । रोकासँग नेपालमा प्रिमियम बजार हिस्सा छ र यसको नेपालमा व्यापार उच्च वृद्धिको चरणमा रहेको छ ।
कम्पनी कालक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा छन् । यी नयाँ शोरुमहरूको सुरुवातसँगै, ब्रान्डले नेपालमा बलियो उपस्थिति जनाउँदै जनताको विश्वास जित्ने लक्ष्य राखेको छ ।
शोरुमको शुभारम्भको अवसरमा बोल्दै रोका बाथरूम प्रोडक्ट्स प्रालिका प्रबन्ध निर्देशक श्री केई रंगनाथनले पहुँचविस्तार गर्न र ब्रान्डको सफलतामा योगदान पुर्याउने नेपाली बजारमा बलियो उपस्थिति राख्न पाउँदा खुसी लागेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया