‘खल्ती’बाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता

लोकपथ
35
Shares

काठमाडौं । वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्तीमार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फिर्ता पाउने भएका छन्।

पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरिएको, खल्तीले आन्तरिक राजस्व विभाग (आईआरडी) र वर्ल्डलिंकसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको छ।

वर्ल्डलिंक र खल्ती दुवै मिली नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न काम गरिरहेका छन्।

१० प्रतिशत भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १.५ प्रतिशत क्यासब्याक + रु. १०० क्यास्ब्याक अर्थतन्त्रलाई प्रोत्सहन गर्न वर्ल्डलिंक बिल भुक्तानीमा प्रोमो कोड GOCASHLESS प्रयोग गरी छुट प्रदान गरेको छ । अब थप १० प्रतिशत भ्याट फिर्ताले डिजिटल नेपालतर्फ ६,५०,००० वर्ल्डलिंक घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुर्याउनेछ।

उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३ प्रतिशत भ्याटको १० प्रतिशत भ्याट फिर्ता पाउनेछ । यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ताको हुनुपर्नेछ साथै वर्ल्डलिंक जडान पनि उपभोक्ताको हुनुपर्नेछ । अर्थात् यो सुविधा व्यावसायिक कार्य प्रयोजनको लागि दिइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?