अमेरिकामा जासुसी गरेको आरोपमा रूसी महिला गिरफ्तार

एजेन्सी: अमेरिकी सरकारले २९ वर्षीया एक रूसी महिलामाथि रूसी सरकारका लागि जासुसी गरेको आरोपमा गिरफ्तार गरेको छ ।

पक्राउ परेकी रूसी एजेन्टले राजनीतिक समूहमा घुसपैठको षडयन्त्र गरेको आरोप लगाइएको छ ।

मारिया बूटीना नाम गरेकी  यी महिलाले रिपब्लिकन पार्टीका सदस्यहरूसँग निकटम सम्बन्ध बनाएकी थिइन् ।

साथै उनी बन्दुक अधिकारको वकलात गरिरहेकी थिइन् ।

फिनल्यान्डको राजधानी हेलसिंकीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता सम्पन्न भएको केही समय भित्रै यो गिरफ्तारी सार्वजनिक भएको हो ।

भनिए अनुसार मरिया बूटीनाले रूसी सरकारका उच्च अधिकारीहरूको निर्देशनमा काम गर्दै आएकी थिइन् ।

अमेरिकाको न्याय विभागले जारी गरेको विज्ञप्तिमा मारियालाई वासिंटनमा आइतबार नै गिरफ्तार गरिएको जनाएको छ ।

मामिलाको सुनुवाई भएसम्म उनलाई जेलमा राखिने छ ।

उनको सम्बन्ध अमेरिकाको नेशनल राइफल एसोसिएसनसँग रहेको थियो । यो बन्दुकको वकालत गर्ने अमेरिकाको सबै भन्दा ठूलो समूह हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?