पछिल्लो आठ महिनामा यस्तो छ सेयर बजारको अवस्था

लोकपथ
77
Shares
?????????????????????????????????????????????????????????

काठमाडौं । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा सेयर बजार मापक नेप्से परिसूचक २६६८.१ पुगेको छ । २०७७ फागुन मसान्तमा २४५८.५ रहेको नेप्से सूचकाङ्क फागुन मसान्तमा २६६८.१ पुगेको हो ।

२०७८ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब ८२ अर्ब ७९ करोड रुपैयाँमा पुगेको छ । २०७७ फागुन मसान्तमा बजार पुँजीकरण ३३ अर्ब ८७ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।

२०७८ फागुनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७७ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २१७ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.३ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ फागुनसम्ममा सूचीकृत ६ अर्ब ६१ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ५१ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७८-७९ को पहिलो आठ महिनासम्ममा ४६ अर्ब १६ करोड रुपैयाँबराबरको डिबेन्चर, ३७ अर्ब १६ करोड रुपैयाँबराबरको बोनस सेयर, २९ अर्ब ५० करोड रुपैयाँबराबरको विकास ऋणपत्र, १७ अर्ब ८३ करोड रुपैयाँबराबरको साधारण सेयर, ९ अर्ब १८ करोड रुपैयाँबराबरको हकप्रद सेयर र ३ अर्ब ७५ करोड रुपैयाँबराबरको म्युचुअल फण्ड गरी कुल १४३ अर्ब ५८ करोड रुपैयाँबराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ८० करोड रुपैयाँबराबरको डिबेन्चर, ३ अर्ब ११ करोड रुपैयाँबराबरको हकप्रद सेयर, ३ अर्ब रुपैयाँबराबरको म्युचुअल फन्ड र २ अर्ब ८४ करोड रुपैयाँबराबरको साधारण सेयर गरी कुल १३ अर्ब ७५ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?