वर्षातका कारण फोहोरको पहाड भास्सिँदै, राजधानीका सडकमा फाेहाेरकाे डुंगुर

नुवाकोट– नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट चुलिएसँगै राजधानीका सडक, चोक र घर–घरमा फोहोरको डंगुर थुप्रिन थालेको छ । ल्यान्डफिल साइटमा बनेको ‘फोहोरको पहाड’ भास्सिन थालेकाले सातायता काठमाडौं, ललितपुर र भक्तपुरबाट फोहोर बोकेर पुगेका टिपर ‘फोहोरको पहाड’ चढ्न सकिरहेका छैनन् ।

१५ वर्षदेखि काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा सक्रिय एक मजुदरले भने, ‘३ वर्षका लागि फोहोर फाल्न बनाएको ठाउँमा १३ वर्षसम्म थुपार्दा यस्तो स्थिति आएको हो ।’ उनका अनुसार पहिले फोहोर खाल्डोमा फालिन्थ्यो, अहिले खाल्डो पुरिएर पहाड बनेको छ । फोहोर बोकेर गएका टिपरले त्यही पहाडको टुप्पोमा पुगेर अनलोड गर्नुपर्ने बाध्यता छ । अाजकाे कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएकाे छ ।
वर्षातका कारण फोहोरको पहाड भास्सिँदै गएको छ । ठाउँ–ठाउँमा धाँजा फाटेर जमिन पनि कोल्पुखोलातर्फ धस्सिन थालेको छ । फोहोरमाथि खनिएका सडक हिलो र चिप्लो भएकाले लोड बोकेर गएका टिपर फोहोरको थुप्रोमा चढ्न नसकी अलपत्र पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?