सेलिब्रिटीहरूमा वर्षेनी को धेरै कमाइ गर्छन?

एजेन्सी : भिन्न क्षेत्रका सेलिब्रिटीहरूको सूचीमा पोर्चुगलका क्रिस्टियान्डो रोनाल्डो शीर्ष दशको सूचीको पुछारमा छन् भने यसको शीर्षमा को भएको सवालको हल फोब्र्सले सार्वजनिक गरेको छ ।  

यो महिनाको शुरूमा फोब्र्सले स्वनिर्मित कान्छा अर्बपतिको सूचीमा सोसल मिडियाका स्टार बाटो पछ्याएको जनाएको थियो ।

फोब्र्सले १ जुन २०१७ देखि १ जुन २०१८को बीचमा कमाइ गर्ने सेलिब्रिटीहरूको कर पूर्व कमाइका आधारमा १०० जनाको सूची तयार पारेको छ ।

यसमा क्यामराका अगाडिका स्टारहरू पनि रहेका छन् ।

धेरै कमाई गर्ने १०० जनाको सूचीमा १५ जना महिला छन् । यो वर्ष ११ सुपर स्टारले १० करोड अमेरिकी डलरको सीमा रेखालाई पार गरेका छन् ।

गत दुई वर्ष यताको संख्यामा यो दोब्बर भन्दा बढी हो ।

शीर्ष दशमा परेकाहरू

फ्लोयड मेविदर


बक्स मेविदरको कमाई २८ करोड ५० लाख अमेरिकी डलर छ । 

जर्ज क्लूनी

अभिनेता क्लूनीको कमाई २३ करोड ९० लाख अमेरिकी डलर बराबरको कमाइ छ ।

किलि जेनर

अभिनेत्री  किलि जेनरको कमाई १६करोड ६५ लाख अमेरिकी डलर छ ।

जुडी शेइदलिन

अभिनेत्री जुडी शेइदलिनको कमाई १४ करोड ७० लाख अमेरिकी डलर बराबर छ ।

डवाने जनसन


पहलमानी पछि अभिनेता बनेका डवाने जनसनको कमाइ १२ करोड ४०लाख अमेरिकी डलर छ ।

युटु

गायक युटुको कमाई ११ करोड ८० लाख अमेरिकी डलर छ ।

कोल्डप्ले 


अभिनेता कोल्डप्लेको कमाई ११ करोड ५४ लाख अमेरिकी डलर छ ।

लियोनेल मेसी

अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीको कमाई ११ करोड १० लाख अमेरिकी डलर छ ।

इद शीरान


संगीत कलाकार इद शीरानको कमाइ ११ करोड अमेरिकी डलर छ ।

क्रिस्टियानो रोनाल्डो 

पर्चुगलका फुटबल क्रिस्टियानो रोनाल्डोको कमाई १०करोड ८० लाख अमेरिकी डलर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?