संगठित संस्थाहरूमा एकै व्यक्तिको हालीमुहाली अाजदेखि अन्त्य

काठमाडाैं : अाज (साउन १ गते) देखि नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत समान प्रकृतिका संस्थाहरूमा एकै व्यक्ति रहन नपाउने भएका छन् । पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अाजदेखि नै लागु गर्दैछ । 

यो निर्देशिकामा बोर्डले उस्तै प्रकृतिको उद्देश्य भएको कुनै एक सूचीकृत संस्थाको सञ्चालक अर्को समान प्रकतिको सूचीकृत संस्थामा सञ्चालककै हैसियतमा, तलबी पदाधिकारीका रूपमा, कार्यकारी प्रमुख या कर्मचारी भर्इ कार्य गर्न नपाउने उल्लेख गरेको छ । 

नेपाल सरकारले नियुक्त गरेका सञ्चालकहरूको हकमा भने यो नियमावली लागु नहुने भएको छ । सरकारका सहायक कम्पनीहरूमा मुख्य संस्थाका पदाधिकारी वा कर्मचारीहरू प्रतिनिधीका रूपमा सञ्चालक नियुक्त गर्न सरकारलार्इ समस्या नपर्ने भएको छ ।

धितोपत्र बोर्डले २०७४ माघ २५ मा सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ कार्यान्वयन गर्ने जनाएको थियो । कार्यान्वयनका लागि दोहोरो पदीय जिम्मेवारीमा पदाधिकारी, सञ्चालक वा कर्मचारी राखेका संस्थाहरूलार्इ यसको व्यवस्थापन गर्न ६ महिनाको समय दिर्इएको थियो । ६ महिनाको समय हिजो (असार ३२ गते) नै सकिर्इसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?