यस्तो छ अाजको विनिमय दर

काठमाडाैं : कुवेती दिनारसँग नेपाली रूपैयाँले चर्को मुद्रा अबमूल्यन खेपेको छ ।

बैदेशिक रोजगारीमा कुवेत जाने श्रमिकले पठाउने विप्रेषण भुक्तानी गर्दा परिवारजनले भने बढि रकम प्राप्त गरिरहेका छन् । अाज १ कुवेती दिनार नेपालमा साट्दा ३ सय ६१ रूपैयाँ प्राप्त हुन्छ । 

कुवेतीपछि बहरार्इन दिनारको विनिमयदर उच्च छ । १ बहरार्इन दिनार बराबर २ सय ८८ रूपैयाँ विनिमयदर कायम भएको छ। 

अमेरिकी प्रतिडलर विनिमय १०९ रूपैयाँ ४२ पैसा पुगेको छ भने १ बेलायती पाउन्ड स्ट्रलिङ साट्दा अाज नेपालमा १ सय ४५ रूपैयाँ ३६ पैसा प्राप्त गर्न सकिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?