विश्व अर्थतन्त्र धराशायी पादै अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले विश्व अर्थतन्त्रलाई धराशायी पार्ने काममा लागेको विश्वव्यापी क्रियाशील आर्थिक मौद्रिक संघ संस्थाहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष( आईएमएफ)ले विश्व अर्थतन्त्रको समिक्षा गर्दै व्यापारसम्बन्धी बढदो तनावले अर्थतन्त्रको विस्तार र वृद्धि अँध्यारोमा परेको जनाएको छ ।

आईएमएफले आफ्नो विश्व आर्थिक वृद्धिसम्बन्धी पूर्वानुमानलाई ३.९ प्रतिशत यो वर्ष राखेको छ तर अर्को वर्ष आर्थिक वृद्धिको पूर्वानुमानलाई घटाएको छ ।

विश्व अर्थतन्त्रको विस्तार र वृद्धिका लागि व्यापार युद्धको चर्चा ठूलो खतरा भएको यसले जनायो ।

अमेरिकाले संरक्षणवादी महशुल थपेपछि त्यसको विरोध गर्दै जस्ताको तस्तै नीति अपनाउँदै युरोप, चीन, मेक्सिको र क्यानाडाले पनि अमेरिकी वस्तुहरूमा थप महशुल लगायो ।

महशुल थप थपाथप भए यसले सन् २०२०समम  विश्वव्यापी आर्थिक वृद्धिमा ०.५ प्रतिशतले कमी आउनेछ ।

आईएमएफले यो वर्ष व्यापार आयतनको पूर्वानुमान ४.८ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारेको छ ।

यसमा अमेरिका विशेष गरी खतरनाक अवस्था निम्त्याइदिएको छ ।

व्यापार चिन्ताका बाबजुद आईएमएफले अमेरिका र चीनको आर्थिक वृद्धि २०१८का लागि व्यवस्थित ग-यो ।

अमेरिकामा आर्थिक विस्तार २.९ प्रतिशतले हुनेछ । कर कटौती र बढदो सरकारी खर्चले अमेरिकामा अर्थतन्त्रलाई खुम्च्याउनेछ ।

चीनको जीडीपी ६.६ प्रतिशत रहने र ऋण घटाउने कार्यले अनपेक्षित नकारात्मक असर निम्त्याउने देखिएको छ ।

युरोपको अर्थतन्त्रमा सुस्तता आउनेछ । ब्रेग्जिटजस्ता राजनीतिक अनिश्चितताले अर्थतन्त्रलाई असर गर्ने आइएमएफले जनाएको छ ।

आईएमएफ पूर्वानुमान अनुसार बेलायतको वृद्धि घटाएर १.४ प्रतिशतमा झारेको छ । युरोको अर्थतन्त्र पनि ०.२ प्रतिशतले घटने छ ।

उदीयमान अर्थतन्त्रहरूको वृद्धि ४.९ प्रतिशतले हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?