फाँसी ब्युँत्याउने भए जानकारी गराउ –इयु

एजेन्सी : युरोपेली युनियन र अन्य कुटनीतिक नियोगहरूले श्रीलंकाली सरकारलाई अपराधमा उदायपछि फाँसी ब्युँत्याउने विषयमा सरकारी अडानबारे जानकारी माग गरेका छन् ।

युरोपेली युनियन र बेलायत, फ्रान्स, जर्मन, इटली , निदरल्यान्ड, रोमानिया, क्यानाडा, र नर्वेसहितका कुटनीतिक नियोगहरूले एक संयुक्त विज्ञप्ति जारी गरी श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला सिरिसेनासँग

यो माग गरेका हुन् ।

हत्या, लागु औषधि, डाका र यौन अपराधलगातका अपराधहरूमा वृद्धि भएको र आमरूपमा फाँसीको माग बढिरहेको बेला उनीहरूले सरकारसँग यो जानकारी माग गरे ।

श्रीलंकाली सरकारले सन् १९७६मा फाँसी दिएयता अहिलेसम्म कसैलाई फाँसी दिएको छ्रन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?