दृष्टिसम्बन्धी समस्या न्यूनीकरण गर्न सानिमा बैंक र नेपाल नेत्र ज्योति संघबीच सम्झौता

लोकपथ
49
Shares

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल नेत्र ज्योति संघका बीचमा दृष्टिसम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको छ । उक्त समझदारीपत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रो.डा.चेतराज पन्तले हस्ताक्षर गरेका हुन ।

यसैक्रममा सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका नेपाल नेत्र ज्योति संघ मातहतमा संचालित आँखा उपचार केन्द्र तथा अस्पतालमा आँखासम्बन्धी रोगको उपचार तथा उपकरण खरिदका लागि आर्थिक सहयोग उपलब्थ गराउने छ ।

बैंकले विगतमा पनि दृष्टि सम्बन्धी समस्याको रोकथाम रन्यूनीकरणको लागि संघसँग सहकार्यको काम गर्दै आएको अवस्थामा यस समझदारीले सम्बन्धित प्रदेशका लक्षित वर्गमा दृष्टि सम्बन्धी समस्याको समयमै पहिचान, रोकथाम तथा उपचारमा अझ बढि टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा एटीएम संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?