काठमाडौं । एनएमबि बैंक लिमिटेड, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. र मोदी जलविद्युत कम्पनी लिमिटेडबीच ४२ मेगावाट क्षमताको कास्की जिल्ला, अन्नपुर्ण गाउँपालिकामा अवस्थित माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्न शर्त-समझदारी सम्बन्धीपत्रमा हस्ताक्षर भएको छ ।
माथिल्लो मोदी ए जलविद्युत आयोजनामा एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको हो । मोदी जलविद्युत कम्पनीको मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण रहने छ । माथिल्लो मोदी ए जलविद्युत आयोजनाको कुल लागत नौं अर्ब आठ करोड रुपैयाँ रहने बैंकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ । एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१ उपाधीबाट सम्मानित भएको बैंक हो ।
उक्त पत्रिकाद्वारा एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा पनि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरी सकेको छ । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया