ट्रम्पको कार्यालय तलिबानसँग प्रत्यक्ष भेट्ने

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालयले अफगानिस्तानका विद्रोही समूह तलिबानसँग भेटन खोजेको देखिएको छ ।

११ महिना अघि ट्रम्पले आफ्नो प्रशासनको अफगानिस्तान नीतिमा महत्वपूर्ण  परिवर्तन हुने घोषणा भएयता राष्ट्रपति कार्यालय ह्वाइट हाउसले तलिबानी नेताहरूसँग प्रत्यक्ष भेट्ने प्रयास गरिरहेको

देखिएको हो ।

अफगानिस्तानको सरकारलाई तलिबानले अवैध सरकार भएको भनिरहेको छ ।

साथै तलिबानी समूहले अमेरिकासँग सम्झौता गर्ने अडान राख्दै आएको छ ।

सन् २००१मा अफगानिस्तानको तलिबान सत्तालाई अमेरिकाले अपदस्त गरेकाले उसैसँग वार्ता गर्ने तलिबानी अडान रहेको छ ।

जनवरी २०१८मा तलिबानले दुई आक्रमण गरेका थिए । त्यसमा १०० भन्दा बढीको मृत्यु भएको थियो ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगानिस्तानको अपर्झट भ्रमण गरी त्यहाँका राष्ट्रपति अशरफ घानीको प्रयासलाई सहयोग गर्ने जनाएका थिए ।

त्यसक्रममा पोम्पेओले तलिबानसंगको वार्तामा अमेरिका सघाउने जनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?