बेलायतमा फेरि ब्रेग्जिट जनमत संग्रहको माग

एजेन्सी : बेलायत युरोपेली युनियनबाट अलग हुने विषयमा फेरि ब्रेग्जिट जनमत संग्रह गर्नुपर्ने माग गरिएको छ ।

ब्रेग्जिट पक्षको सरकारका पूर्व शिक्षा मन्त्रीले जस्टिन ग्रिनींगले फेरि ब्रेग्जिटबारे जनमत संग्रह गर्नुपर्ने माग गरिन् ।

आफूसँग अन्य सांसदहरूको साथ रहेको बताउँदै उनले यस्तो माग गरेकी हुन् ।

नयाँ जनमत संग्रह रोकिए आफू युरोपेली युनियनमा बेलायत राखौं अभियानको सञ्चालन गर्ने उनले बताइन् ।

बेलायती प्रधानमन्त्री टेरिजा मेमाथि ब्रेग्जिट बहसका दुबै पक्षबाट दबाब बढिरहेको छ ।

प्रधानमन्त्री मेले बढाएको श्वेत पत्रको नाममा युरोपेली युनियनसँग साझा गर्ने विषयसम्बन्धी विधेयकका कारणमा उनका मन्त्रीहरूले राजीनामा दिन पुगे ।

तर मेले पार्टीका नेताहरूलाई ब्रेग्जिटका लागि श्वेत पत्रको विकल्प नभएकाले सहयोग गर्न आग्रह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?