कविता : लुतो

लुतो
                            पारसमणि 'स्वप्निमे'

कण्डारक राच्छेसहुरु 
बाल्वाटाराँ छन् 
बानेश्वराँ छन्

तिन्का नि आराध्यादेव
लैन्चौराँ छन्

उई स्यान्भाई ! उई स्यान्नानी !
उई ठुल्दाइ ! उई ठुल्दिदी !
आओ खोज्न जाम्
साउने सक्रातिको सर्दाम्

कागती
निब्वा
बेलौँती 
अनार
नस्पती
जुम्ल्या मकै
कुकुरडाइनो
काग्भलायो
कुरिलो
पानीसरो
जनैलरो
पुरेनी
गलेनी

ओए राच्छेस शासकहुरु
तिमेरुलाई आ लुतो
हाम्ले कन्याउन पर्नी व्यवस्ता 
हामी मान्दैनम् !

स्यान्भाई नाङ्लो ठटाऊ
म शंख फुक्चु 
स्यान्नानी घण्टी बजाऊ 
ठुल्दाइ ढिकी कुट 
ठुल्दिदी दैलोठेलो ढप्काऊ

आज सप्पैजना मिलेर
अगुल्टो फ्याँकम् 
चोर नेतातिर
फोओर नेतातिर

हाम्ले घुईँक्याउने अगुल्टामा
विद्रोहको आतिसबाजी हुनपर्च

उई संगी
तिमी नि लुतो फाल्न 
भरे हाम्रातिर आऊ है !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?