५ हजारभन्दा बढि रकम बोकेर विदेश जाँदै हुनुहुन्छ ? अाजदेखि सम्पति सुद्दिकरणले समात्छ

काठमाडाैं : नेपाल राष्ट्र बैंकले अबदेखि ५ हजार अमेरिकी डलरमात्र विदेश लैजान र कार्गो/कुरियरबाट ल्याउन पार्इने व्यवस्था गरेको छ । 

असार ३२ गते एक जरूरी सूचना जारी गर्दै मुलुकको केन्द्रीय बैंकले याे व्यवस्था अाज (साउन १ देखि) लागु हुने जनाएको छ। 

नयाँ व्यवस्थाअनुसार नेपालको सम्पती सुद्दिकरण एेन, २०६४ को दफा २९ (क) अनुसार व्यक्तिले विदेश जाँदा वा विदेशबाट अाउँदा कुरियर, कार्गो र हुलाकलगायतका माध्यमबाट नेपाली रूपैयाँ ५ हजार र अमेरिकी डलर ५ हजार भन्दा बढि रकम ल्याउन/लैजान नपाउने नियम ल्याएको हो । 

नेपालबाट विदेश लैजाने र विदेशबाट नेपाल ल्याउने रकमका लागि भन्सार अधिकृतबाट स्वीकृत गराउनुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?