याहू म्यासेन्जर बन्द भयो

एजेन्सी : इन्स्टयान्ट म्यासेजिंगको क्षेत्रमा आमूल परिवर्तन ल्याउने याहु म्यासेन्जर अब पूर्णरूपमा बन्द भएको छ ।

कम्प्युटर र इन्टरनेट उपयोग गर्नेहरू माझ कुनै बेला याहु म्यासेन्जर नभइ नहुने अवस्था थियो ।

तर अब यो बन्द हुन पुगेको हो ।

१७ जुलाई देखि याहुले यो सेवा बन्द गरेको हो । तर याहुले उपभोक्ताको आवश्यकता पूरा गर्न अर्को म्यासेजिंग सेवा ल्याउन जनाएको छ ।

याहु उपभोक्ताको आवश्यकता अनुसार सेवा दिन नसकेपछि यस्तो अवस्था आएको विज्ञहरूको बुझाइ छ ।

कुनै बेला हटमेल लोकप्रिया थियो । यो हटमेललाई सबिर भाटियाले माइक्रसफ्टलाई बेचे र पनि लोकप्रिय थियो ।

जब जीमेल आयो त्यसपछि हटमेलको लोकप्रियता खस्कियो ।

गुगलले ग्राहकको चाहनालाई निरन्तर स्तरोन्नति गरिरहेको छ । गुगलको कुनै सेवा अन गर्नुस सबै सेवा त्यही उपलब्ध हुने गर्छ ।

यसले गुगललाई लोकप्रिय बनाइरहेको छ ।

साथै गुगलले अपरेटिंग सिस्टम सञ्चालनमा ल्याएको छ । एन्ड्रोइड विश्वको ८० प्रतिशत मोबाइलमा सञ्चालन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?