पुटिन भेटे लगत्तै ट्रम्पलाई आलोचनाको ओइरो

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको भेट लगत्तै उनको आलोचना शुरू भएको छ ।

सन् २०१६ सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रविधि गडबडी गरेको आरोपमा रूसको संलग्नता नभएको भनी गरेको बचाउका लागि उनको आलोचना भएको हो ।

निर्वाचनमा गडबडी गर्ने काम रूसबाट हुन नसक्ने भएको हेलसिंकी प्रेस सम्मेलनमा ट्रम्पले भनेका थिए ।

अमेरिकी सदनका सभामुख तथा रिपब्लिनक पार्टीका शीर्ष तहका नेता पाउल रायनले भने “ ट्रम्पले रूस हाम्रो सहयोगी देश होइन भन्ने कुरो हेर्नै पर्छ ।”

रिपब्लिकन सिनेटर जोन मयाककाइनले पनि ट्रम्पको आलोचना गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?