विश्वकप विजेता फ्रान्सलाई पेरिसमा भव्य स्वागत, ओर्लियो मानवसागर (तस्वीर सहित)

फ्रान्स । २१ औं संस्करणको फिफा विश्वकपको उपाधि जितेर स्वदेश फर्किएको फ्रान्सलाई भव्य स्वागत गरिएको छ । 

दोस्रो पटक विश्वकपको उपाधि जितेको फ्रान्सेली टोलीलाई पेरिसमा पाँच लाख भन्दा बढी समर्थकहरुले स्वागत गरेका थिए ।   विजेता खेलाडी सहितको टोली विमानस्थलमा ओर्लला बाहिर हजारौ समर्थकहरुको बाक्लो उपस्थिती रहेको थियो । 

२० वर्ष पछि दोस्रो पटक विश्वकप च्याम्पियन बनेको फ्रान्सेली टोलीलाई विमानस्थलमा सरकारी उच्च ओहदाका पदाधिकारीले स्वागत गरेपछि पेरिससम्म पुग्दा पुरै सडकमा लाखौ समर्थक ओर्लिएका थिए ।

यसअघि सन् १९९८ मा जिनेदिन जिदानले फ्रान्सलाई पहिलो उपाधि दिलाउँदै इतिहास रचेको थियो । त्यस्तै, फ्रान्सका लागि सर्वाधिक चार गोल गर्दै केलियन एमबाप्पे फिफा युवा खेलाडी घोषित भए । फाइनलमा फ्रान्सले क्रोएसियालाई ४—२ ले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको थियो । 

त्यस्तै, पहिलो पटक विश्वकपको उपविजेता बनेको क्रोएसियाली टिमलाई पनि भव्य स्वागत गरिएको छ । जाग्रेबमा खेलाडी सहितको टोलीलाई हजारौ समर्थकहरुले स्वागत गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?