‘मेरो उमेरका अरु खेलाडी चीन वा कतार जान्छन् ।’ : क्रिस्टियानो रोनाल्डो

इटाली । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सोमबार युभेन्ट्सका खेलाडीका रुपमा सार्वजनिक भएका छन् । 

प्रेमिका जर्जिना रोड्रिग्वेजका साथ टुरिन पुगेका रियल म्याड्रिडका पूर्व फरवार्ड रोनाल्डोले सोमबार नै दिउँसो स्वास्थ परिक्षण गरे। साँझ नयाँ क्लब युभेन्ट्सको जर्सीका साथ उनी पत्रकार सम्मेलनमा उपस्थित भए । 

१ सय मिलियन पाउन्डमा युभेन्ट्स गएका रोनाल्डो अझै राम्रो प्रर्दशन गर्न युभेन्ट्समा आबद्ध भएको बताए । रोनाल्डो अब चार वर्षसम्म युभेन्ट्समा नै रहनेछन् । ‘आफ्नो उमेरका अरु खेलाडी चीन वा कतार जान्छन् तर युभेन्ट्सले मलाई मौका दिएको छ ।’ उनले भने 

रियल म्याड्रिडसँगको ९ वर्ष लामो सुखद यात्राको अन्त्य गर्दै रोनाल्डो इटाली पुगेका हुन् ।

रोनाल्डोले युभेन्ट्समा पनि ७ नम्बर जर्सी नै लगाउनेछन् । सन् २००९ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा रियल म्याड्रिड पुगेका रोनाल्डो त्यहाँ सर्वाधिक गोलकर्ताका रुपमा क्लबबाट बाहिरिएका छन् । उनले रियलका लागि रोनाल्डोले ४ सय ५१ गोल गरिसकेका छन् ।

पाँच पटकको बालोन डी’ओर बिजेता रोनाल्डो सम्मिलित रियलले ४ च्याम्पियन्स लिगसहित १६ उपाधि जितेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?