केलियन एमबाप्पे खेलाडीका साथै समाजसेवी

फ्रान्स । ‘फिफा युथ प्लेयर’ घोषित भएको फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेले पाँच लाख अमेरिकी डलर च्यारिटीलाई प्रदान गरेका छन् । 

फिफा विश्वकप खेल्दा पाएको सो रकम एमबाप्पले प्रिमियर्स डी कोर्डी नामक संस्थालाई दिएका हुन् ।  विश्वकपबाट फर्किएपछि उनले प्रतिखेल पाउने रकमका साथै बोनस रकम मिलाएर ५ लाख डलर सो संस्थालाई दिने घोषणा यस अघि नै गरेका थिए ।

अनाथ  तथा अपांग बालबालिकाको सहयोगमा खोलिएको सो संस्थामा रहेका बालबालिकाले पनि भविष्यमा फुटबल क्षेत्रमा लागुन भनेर एमबाप्पले सो रकम दिएको बताइएको छ । 

यस अघि एमबाप्पेले फ्रान्सको एक कलेजका २५ जना विधार्थीलाई रसिया विश्वकप हेर्नका लागि प्रायोजन गरेका थिए ।
 
रसिया विश्वकप खेल्न आउनुअघि युवा खेलाडी एमबाप्पे सुपरस्टार फुटबलर थिए । तर विश्वकपको उपाधिसँगै फर्किदा उनी मेघास्टार फुटबलर बनेका छन ।

१९ बर्षको उमेरमा नै विश्वकप जित्ने पेलेपछिका खेलाडी बनेका एमबाप्पे सफल खेलाडीमात्र नभई  समाजसेवी पनि बनेका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?