विश्वकप विजेतालाई फ्रान्सले सर्वोच्च सम्मान दिने

फ्रान्स । फ्रान्सले २१ औँ संस्करणको फिफा विश्वकप फुटबलको उपाधि उचालेका आफ्ना खेलाडीहरुलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गर्ने भएको छ ।

राष्ट्रपति एमानुएल माक्रोँको कार्यालयले विजेता खेलाडी सहितको टोलीलाई सम्मान गर्ने घोषणा गरेको हो । रसियामा आइतवारराति सम्पन्न फाइनल खेलमा नयाँ टोली क्रोएसियालाई ४—२ गोल अन्तरले पराजित गर्दै फ्रान्सले दोस्रो पटक उपाधि उचाल्दै इतिहास रचेको थियो ।

सन् १९९८ को विजेता फ्रान्सले २० वर्षको अन्तरमा दोस्रो उपाधि आफ्नो पोल्टामा पारेको हो । फ्रान्सेली टोलीलाई नेतृत्व दिइरहेका डिडिए डेसाङ खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बनेका छन् । पेरिस भव्य स्वागत पाएको टोलीको सम्मानमा राष्ट्रपति माक्रोँले भोजको आयोजना गरे ।

विश्वकप ट्रफीसहित स्वदेश फर्केको टोलीलाई स्वागत गर्न सोमवार प्यारिसस्थित विमानस्थलमा ठूलो संख्यामा प्रशंसकहरु जम्मा भएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?