अन्तराष्ट्रिय फुटबलबाट काहिलले लिए सन्यास

अस्ट्रेलिया । अष्ट्रेलियाका खेलाडी टिम काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । 

सर्वाधिक गोलकर्ता ३८ वर्षे काहिलले मंगलबार अन्तर्राष्ट्रिय फुटबल जिवनबाट सन्यासको घोषणा गरेको बताएका हुन् । उनले देशका लागि खेलेको शब्दमा बयान गर्न नसक्ने बताए । साथै, काहिलले आफ्ना समर्थक, खेलाडी साथी र प्रशिक्षकलाई धन्यवाद दिए । 

अष्ट्रेलियन क्लब मिलवालबाट व्यवसायिक फुटबल खेल्न शुरु गरेका काहिलले इंग्लिस क्लब एभर्टनमा ८ वर्ष बिताएका थिए ।

एभर्टनपछि काहिलले न्युयोर्क रेड बुल्स, सांघाई सिन्हा, हाङजु ग्रिनटाउन, मेलवर्न सिटी हुदै पुन मिलवालबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

सन् २००६ को विश्वकपमा जापानविरुद्धको खेलमा काहिलले अन्तर्राष्ट्रिय फुटबल जीवनमा २ गोल गरेका थिए ।

सन् २०१५ मा अष्ट्रेलिया एसियन च्याम्पियन बन्दा काहिलले महत्वपूर्ण ३ गोल गरेका थिए ।

सन् २००४ देखि राष्ट्रय टिमबाट खेल खेलेको काहिलले १ सय ७ खेल खेल्दै ५० गोल गरिसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?