श्रीलंकाका कप्तान र प्रशिक्षकलाई ८ खेलको प्रतिबन्ध

काठमाडौं ।  श्रीलंकाका कप्तान दिनेश चण्डीमल, प्रशिक्षक चन्दिका हाथुरुसिंघे र टिम व्यवस्थापक असंका गुरुसिंघलाई बल टेम्परिङ गरेको आरोपमा ८ खेलको प्रतिबन्ध लगाइएको छ ।

यी तीनै जनाले दक्षिण अफ्रिका विरुद्धको चार वान डे तथा २ टेस्ट क्रिकेटमा उपस्थिति जनाउन पाउने छैनन् । वेस्टइण्डिज भ्रमणका बेला बल टेम्परिङ गरेको अभियोगमा उनीहरुलाई निलम्बन गरिएको बताइएको छ । 
उनीहरुले खेल भावना विपरित कार्य गरेको भन्दै स्वतन्त्र न्यायिक समितिका माइकल बोलेफले निलम्बन भएको बताए ।

आईसीसीका कार्यकारी अधिकृत डेविड रिचर्डसनले आईसीसीको आचार संहिताको धारा २ उपधारा ३ एकको उल्लंघन गरेकाले ८ खेलमा प्रतिबन्ध लगाइएको जानकारी दिए । जस अनुसार २ टेस्ट, ४ एकदिवशिय तथा २ टी—ट्वान्टी रहेका छन् ।

गत महिना वेस्टइन्डीज भ्रमणका बेला श्रीलंकाली कप्तान चण्डीमलमाथि बल टेम्परिङ गरेको आरोप लागेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?