यूएईका कप्तानले काठमाडौं किंग्सबाट खेल्ने

काठमाडौं । संयुक्त अरब इमिरेट्स ‘यूएई’का कप्तान रोहन मुस्ताफाले  ईपीएलमा काठमाडौं किंग्स इलेभेनबाट खेल्ने भएका छन् । 

गत सिजन ईपीएलमा प्लेअफ पुग्न नसकेको किंग्सले सोमबार मुस्ताफाले आफ्नो टोलीबाट खेल्न लागेको जनाएको छ । यसअघि नै टोलीले आयरल्यान्डका केभिन ओ’ब्राइनलाई पनि अनुबन्ध गरेको घोषणा गरेको थियो । 

मुस्ताफाले यूएईबाट २६ वान–डे अन्तर्राष्ट्रिय र २४ टी—ट्वान्टीमा सहभागिता जनाइसकेका छन् ।

उनकै कप्तानीमा यूएई फेब्रुअरीमा जिम्बावेमा भएको आईसीसी विश्वकप छनोटमा सातौं हुँदै लगातार दोस्रो वर्ष वान–डे अन्तर्राष्ट्रिय मान्यता राष्ट्र बनेको थियो । मुस्ताफा एक दशकदेखि यूएईबाट खेल्दै आएका छन् ।

यसअघि धनगढी प्रिमियर लिगमा मुस्ताफाले  सोपमाल कामीको कप्तानीमा रहेको टिम चौराह धनगढीबाट खेलेका थिए ।

स्थानीय टोली धनगढीलाई विजेता बनाउने क्रममा मुस्ताफा १ सय ९८ रन बनाउनुका साथै ५ विकेट लिएपछि म्यान अफ द सिरिज घोषित भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?