फेसबुकबाटै गर्भपतनको डिल ! लाजले निम्त्याएको डरलाग्दो दलदल

दृश्य १
स्थान कालिमाटी । काठमाडौं । कालीमाटी चोकबाट टेकुतर्फ जाने बाटोमा पाँचसय मिटर अगाडि
मिति : २०७५–०२–१९ गते 
समयः दिउँसो २ बजे
प्रयोग गरेको सवारी : पल्सर २२०
पात्र : अन्दाजी २० वर्षीय युवती /२२ वर्षीय युवक
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी चोकबाट टेकुतर्फ जाने बाटोमा पाँचसय मिटर अगाडि देब्रे छेउमा कालो रंगको एउटा बाइक घ्याच्च रोकियो ।
युवती कालो पल्सर बाइकबाट झरिन् । अनुहार पूरै ढाकेकी थिइन् उनले । साइडको मेडिकलमा पसिन् । मेडिकलबाट आफ्नो हातमा लेखिएको औषधि मागिन् । पैसा तिरिन् । र, हतारिएर बाहिर निस्किइन् । बाइकमा बस्नासाथ युवकले हत्तपत्त बाइक कुदाए ।
मेडिकल पसलेका अनुसार उनले गर्भपतनको औषधि किनेकी थिइन् ।

*****
दृश्य २
मिति : २०७५–२–२८ 
स्थानः जमल काठमाडौँ 
समयः बिहान १० बजे
प्रयोग गरिएको सवारीः रातो रंगको पल्सर
पात्र : अन्दाजी १८ वर्षकी युवती /२० वर्षे युवा
काठमाडौँको जमल यसैपनि भिडभाड धेरै हुने ठाउँ । मानिससँगै नठोक्किकन यहाँ एकले अर्कालाई चिन्न मुस्किल । यहाँ सबै मान्छेहरू हतारमा छन् ।दश बजे अफिस टाइमको समय ।  सामान बेच्नसडक व्यापारीग्राहक बोलाउँदैछन् ।
छेउमा, यी सबै चहलपहल बेवास्ता गर्दै युवती कलेजको युनिफर्ममा बाइकबाट झर्छिन् । बाहिरको ‘विन स्वीटरले कलेजको लोगो ढाकेको छ । उनी आफ्नो पर्स निकाल्छिन् । र, औषधि पसलमा औषधि किन्छिन् । 
यताउता हेर्छिन् ।
मेडिकल मास्क लगाएकी उनी कपाल कानतिर लैजाँदै कलेज ब्याग च्यापेर बाइकमा बस्छिन् ।

****

दृश्य ३ 
मिति : २०७५–३–५ गते 
स्थानः कमलपोखरी,सिटी सेन्टरबाट तीनसय मिटर अगाडि
समयःअपराह्न १२ बजे
प्रयोग गरिएको सवारी : बुलेट बाइक
पात्र : अन्दाजी २२ वर्षे युवती २८ वर्षे युवा
रातो कुर्ता र सेतो पटेलिया सुरुवाल लगाएकी युवती पार्किङ गरिएको बाइकमा आड लगाएर मोबाइल थिच्न थाल्छिन् । युवा बाइकबाट हेलमेट समेत नखोली नजिकैको मेडिकल छिर्छन् । र, गर्भपतनको औषधि किनेर बाइकनिर आउँछन्। औषधिसँगै उनलेएक बोतल पानी पनि खरिद गर्छन् । उतिबेलै युवतीलाई औषधि खुवाउँछन् ।लगत्तै उनीहरू हात्तीगौँडातिर सोझिन्छन् ।

****
दृश्य ४ 
मिति : २०७५–३–१२  गते 
स्थानःपुरानो बसपार्क निर्माणाधीन स्थलबाट १०० मिटर अगाडि
समयः दिउँसो २ः३० बजे 
प्रयोग गरिएको सवारीः प्लेजर स्कुटर 
पात्र : अन्दाजी १७ वर्षीय युवा र युवती
पुरानो बसपार्क निर्माणाधीन स्थलको दाहिनेपट्टि एउटा ढावा छ । बायाँपट्टि मेडिकल । 
स्कुटर मेडिकलको अगाडि रोकिन्छ । दुवै मेडिकलभित्र छिर्छन् र औषधि किन्छन् । युवतीले त्यही पसलको छेउ लागेर गर्भपतनको औषधि घुटुक्क पार्छिन् । उनीहरू सामान्य ढंगको हाउभाउसहित फर्कन्छिन् । स्कुटर शंकरदेव कलेजको बाटो अगाडि बढ्छ ।

****

दृश्य ५
मिति : २०७५–३–१७  गते 
स्थान : आरआर कलेज गेट
समयः बिहान ६ः३० बजे 
पात्र : अन्दाजी युवती (अन्दाजी २२), युवा (अन्दाजी २५)
प्रयोग गरिएको सवारी : स्कुटर, बाइक
उनीहरूले आ–आफ्ना सवारी साधन पार्किङ गर्छन् । र कलेजबाट केही मिटरमा रहेको मेडिकलमा गएर गर्भपतनको औषधि खरिद गर्छन् । अलि वर आएर युवतीले चुइगमझैँ औषधि खान्छिन् ।र, कलेजतिर लाग्छिन् ।

****

मनमौजु खरिद बिक्रि 

केही समय अगाडि एउटा फोन आयो – लौन ! थापाथली गईदिनुपर्यो । बित्यासै भइसक्यो । 

‘हेलो’,मैले यताबाट चिच्याएँ । 

‘टुईटुईटुई…..’ फोन  काटियो । 

थापाथलीतर्फ सोझिएँ । रातको एघार बजे । थापाथली अस्पताल ।

जति सोच्दा पनि गर्भवती आफन्तको याद आएन । सम्झेँ,कुनै आफन्तका पनि आफन्त छन् ।

अस्पताल पुग्दा थाहा भयो, छिमेकी बैनीले आफू गर्भवती भएको थाहा पाएपछि मेडिकलबाट खरिद गरेको गर्भपतनको औषधि सेवन गरेर अत्यधिक रक्तस्रावपछि अस्पताल भर्ना गरिएको रहेछ । 
उनी बेहोस थिइन् ।

एबी पोजेटिभ ब्लड खोज्न भनियो ।

स्लाइन निरन्तर चढाइएको थियो ।

उनका ब्याइफ्रेन्ड ५० हजार रुपैयाँ ब्यालेन्स गरेर बिजनेसका लागि भन्दै भारत गएका थिए ।

****
करीब ६ महिनाअघि एउटा निजी कम्पनीमा कार्यरत् एक साथी त्रिशुलीमा बस्नेआफ्ना ब्याइफ्रेन्डलाई भेट्न गएकी थिइन् । 
एक दिन उतै बसेर फर्किएकी उनलाई ब्याइफ्रेन्डले गर्भनिरोधक औषधि किनेर पठाएका थिए । त्रिशुलीबाट काठमाडौं फर्कने बेला त्यो मेडिसिन खाएकी थिइन् उनले । 

बढ्दो शहरीकरण, हिजोभन्दा आज धेरै आजभन्दा हिजो धेरै उदार बन्दै गएको समाज र संस्कृतिकपरिवेशका कारण हिजोआज नेपाली समाजमा पनि यस्ता विकृतिहरू बढ्दै गएका छन् । तर,गर्भपतन गर्ने कानून खुलेआम मनमौजु ढंगले गर्भपतन गराउँदै हिँड्नका लागि बनाइएको होइन । 

माथि पेश गरिएका यी दृश्यहरू केवल उदाहरण मात्रै हुन् । 

 

****

उदेकलाग्दा कारण 
बढ्दो शहरीकरण, हिजोभन्दा आज धेरै आजभन्दा हिजो धेरै उदार बन्दै गएको समाज र संस्कृतिकपरिवेशका कारण हिजोआज नेपाली समाजमा पनि यस्ता विकृतिहरू बढ्दै गएका छन् । तर,गर्भपतन गर्ने कानून खुलेआम मनमौजु ढंगले गर्भपतन गराउँदै हिँड्नका लागि बनाइएको होइन । 

भर्खरै एसईई दिएर बसेका युवतीदेखि प्लस टु पढ्ने विद्यार्थी सबैभन्दा धेरै संलग्न छन्, यो ट्रेन्डमा । उनीहरूले यत्ति बुझेका छन्,गर्भपतन भनेको अनिच्छित गर्भ रोक्ने सबैभन्दा ‘इजी वे’ हो । 

तर, डाक्टर अरुणा उप्रेती भने यो इजी वे (सहज बाटो नभएको बताउँछिन् ।

****

फेसबुकबाटै डिल ? 
सत्र वर्षीया सरीता उप्रेती (नाम परिवर्तन) सजिलो तरिकाले गर्भपतन गराउने र आफूहरूले डाक्टरी ज्ञान लिएको बताउने एक समूहसँग सामाजिक सञ्जालमा जोडिइन् । 

किनकि, उनको महिनावारी रोकिएको थियो । प्रिग्नेन्सी टेस्टरले पोजेटिभ लाइन देखाएको थियो । तर, यो उनका ब्याईफ्रेन्ड र उनले चाहेको विषय थिएन । शुरूमा उनले फेसबुकमा गर्भपतनसँग सम्बन्धित पेजहरू खोजिन् । 
त्यहाँ थुप्रै विज्ञापन भेटिन् ।    

एउटा विज्ञापनमा लेखिएको थियो –‘अनिच्छित गर्भ बस्यो? हामीलाई सम्झनुहोस्,सुरक्षित गर्भपतनको  सेवा हामी मात्रै दिन्छौं ।’ सरीताले अझ स्क्रोल गर्दै हेरिन्, ‘हामीसँग हजारौँ युवतीले उपचार सेवा लिइसकेका छन् ।

एउटा विज्ञापनमा लेखिएको थियो –‘अनिच्छित गर्भ बस्यो? हामीलाई सम्झनुहोस्,सुरक्षित गर्भपतनको  सेवा हामी मात्रै दिन्छौं ।’
सरीताले अझ स्क्रोल गर्दै हेरिन्, ‘हामीसँग हजारौँ युवतीले उपचार सेवा लिइसकेका छन् ।’

****

 

असुरक्षित तरिकाले गर्भपतन गराउँदा १ लाख महिलामध्ये हजारौंको ज्यान जाने गरेको छ ।  तर, सुरक्षित तरिकाले गर्भपतन गराउँदा १ लाख महिलामा एक महिलाको मात्रका ज्यान जाने गरेको छ ।  
पटक–पटक गर्भपतन गराउनु स्वास्थ्यका लागि गम्भीर समस्या हो । 
यो सबैलाई थाहा भएको कुरा हो । तर,
यो यथार्थ जान्दाजान्दै पनि शहरबजारमा बसेका शिक्षित महिला नै पटक–पटक गर्भपतन गर्न अग्रसर देखिन्छन् ।
सरकार समेत सहभागी भएर केही समयअघि  काठमाडौं उपत्यकामा गरेको सर्वेक्षण प्रतिवेदनले यो तथ्य औंल्याएको हो ।

असुरक्षित तरिकाले गर्भपतन गराउँदा १ लाख महिलामध्ये हजारौंको ज्यान जाने गरेको छ ।  तर, सुरक्षित तरिकाले गर्भपतन गराउँदा १ लाख महिलामा एक महिलाको मात्रका ज्यान जाने गरेको छ ।  

****
के छ कानूनमा ?
यद्यपी विश्वका विभिन्न मुलुकमा गर्भपतनसम्बन्धी कानूनी प्रावधानहरू फरक फरक छन् ।  
नेपालमा ‘सुरक्षित गर्भपतन सेवा प्रकृया २०६०’ले १२ हप्तासम्मको गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न मान्यता दिएको छ। त्यस्तै जबरजस्ती करणी र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गर्न पाइने व्यवस्था छ। 
लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा बढीको गर्भपतन गराउन कानूनले बन्देज लगाएको छ। 
अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्था रहेको छ।बच्चाको संख्या पुगिसकेको छ भने, बच्चा जन्माउने इच्छा नै छैन भने, बलात्कारको कारण गर्भ रहन गएको छ भने पनि गर्भपतन गर्न सरकारले मान्यता दिएको छ ।गर्भधारण गरिरहनु स्वास्थ्यका लागि खतराजनक छ भने, बच्चाको लालनपालन गर्ने जिम्मेवारी लिने वा सघाउने लोग्ने नै छैन वा भए पनि इच्छुक छैन भने पनि गर्भपतन गर्न सकिने व्यवस्था छ ।
त्यस्तै महिलाले अफ्नो पढाइ सकेर मात्रै आमा बन्न चाहेकी छिन् भनेया जन्मने बच्चा शारीरिक र मानसिक रूपमा विकलाङ्ग हुने सम्भावना छ भने मात्रै गर्भपतन गराउने कानूनी  अधिकार छ ।

****

एकातर्फ  हिजोआज जथाभावी रुपमा मेडिकल हलहरूले पनि गर्भपतनको औषधि खुलेआम बेचिरहेका छन् । यूवतीहरू आफूलाई  चाहेको बेला खरिद गरेर खाइरहेका छन् । उनीहरूलाई असुरक्षित गर्भपतनका परिणाम जटिल हुन्छन् भन्नेबारे पनि ज्ञान छैन ।

गलत बाटो 
यद्यपि हिजोआज समाजमा जे देखिएको छ, त्यो टे«न्डले त्यसो भनिरहेको छैन । एकातर्फ हिजोआज जथाभावी रुपमा मेडिकल हलहरूले पनि गर्भपतनको औषधि खुलेआम बेचिरहेका छन् । यूवतीहरू आफूलाई  चाहेको बेला खरिद गरेर खाइरहेका छन् । उनीहरूलाई असुरक्षित गर्भपतनका परिणाम जटिल हुन्छन् भन्नेबारे पनि ज्ञान छैन ।
यसरी आफूखुसी गर्भपतन गर्दा के हुन्छ ?
डाक्टर बन्दना श्रेष्ठका अनुसार यो निकै जटिल समस्या बन्न सक्छ । यसले दीर्घकालीन समस्या पनि पार्न सक्छ, तुरुन्तै पनि समस्या देखाउन सक्छ ।

****
तुरुन्तै देखिन सक्छ यस्ता जटिलता : 

पूर्णरूपमा गर्भपतन नहुनु,

बढी रक्तश्राव हुनु,

पाठेघरमा संक्रमण हुनु,

पाठेघरमा प्वाल परी पेटभित्र चोट पर्नु,

बेहोस हुनु,

पाठेघर फाल्नुपर्ने अवस्था आउनु,

मृत्यु हुनु ।

दीर्घकालीन जटिलता

तल्लो पेट र पाठेघर दुखिरहनु,

बाँझोपन हुनु,

पाठेघर नै निकाल्नुपर्ने हुनु,

डिम्बवाहिनी नलीमा गर्भ रहनु,

स्वास्थ्य स्थिति कमजोर हुनु ।

असुरक्षित गर्भपतन गर्दा महिलाको ज्यानै पनि जान सक्ने हुनाले असुरक्षित गर्भपतन गराउन हुँदैन ।

****
कसरी रोक्न सकिन्छ?
कानूनको प्रचारप्रसार गरी गर्भपतन सम्बन्धी व्यवस्थाबारे सबैलाई सचेत गराउन सकेमा असुरक्षित गर्भपतन गर्ने प्रवृति रोक्न सकिने सरोकारवाला बताउँछन् ।

असुरक्षित गर्भपतनबाट हुनसक्ने खतराबारे चेतना बढाउनुपर्छ । विशेषत प्लस टु, स्नातक पढ्ने यूवावर्गलाई सचेतना जगाउन पनि उत्तिकै जरुरी देखिए पनि यसबारेमा कुनै निकायको पनि चासो देखिएको छैन ।

परिवार नियोजन सेवालाई प्रभावकारी बनाई अनिच्छित गर्भ रहने अवस्थालाई कम गराउनुपर्छ ।

असुरक्षित गर्भपतन गर्दा महिलाको ज्यानै जान सक्नेबारे सबैलाई ज्ञान दिनुपर्छ ।

****

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?