नेविसंघले गर्‍यो निषेधित क्षेत्र तोड्ने प्रयास

सरकारले अधिनायकवाद लाद्न खाजेको आरोप लगाउँदै नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ । 

सरकारले नागरिकको अधिकार खोस्न खोजेको, गोविन्द केसीको माग पूरा गर्न चासो नदिएको, संविधान विपरीतको काम गर्न लागेको, माफियासँग मिलेको र अधिनायकवाद लाद्न खोजेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । 

माइतीघरमा भेला भएर नाराबाजी सहित संघीय संसद भवन नयाँ बानेश्वरतर्फ अघि बढेका नेविसंघका कार्यकर्ताले निषेधित क्षेत्र समेत तोड्ने प्रयास गरेपछि केही बेर दुई पक्षीय झडप समेत भएको थियो ।

सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा ३ नेविसंघका कार्यकर्ता घाइते समेत भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?