विश्वकप फाइनलमा मैदान छिर्ने महिलालाई १५ दिनको जेल सजाय

रसिया । २१ औँ संस्करणको फिफा विश्वकप फुटबलको फाइनल खेलमा बाधा पुर्‍याएको भन्दै भिरोनिका निकुल्सिनालाई १५ दिनको जेल सजाए दिइएको छ । 

मस्कोस्थित लुज्निस्की स्टेडियममा पूर्व विश्वविजेता फ्रान्स र क्रोएसियाविचको फाइनल खेलका दौरान निकुल्सिना नक्कली महिला पुलिसको पोसाखमा प्याराफिट नाघेर मैदानमा पुगेकी थिइन् ।

एक्कासी मैदानमा समर्थक आउदा खेलाडीहरु एकछिन अलमल्ल परेका थिए । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र फिफाका पदाधिकारीहरुको अगाडीबाटै मैदानमा प्रवेश गरेकी थिइन् ।

तर रसियाको अदालतले खेल विथोलेको भन्दै दुई साताको सजाय सुनाएको हो ।

‘फाइनल खेलका दौरान मैदान जानु मेरो एकमात्र लक्ष्य खेलाडीलाई नजिकबाट भेट्नु हो । त्यसका साथै फिफा ‘अनफेयर’ खेलमा संलग्न नहुन आग्रह छ ।’ उनले भनिन् ।

उनीसँगै मैदान प्रवेश गर्नेमा तिन महिला र एक पुरुष थिए । ओल्गा पाक्तुसोभा, ओल्गा कुराचोभा र प्योट् भेर्जिलोभ रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?