विकास बोर्ड अध्यक्षमा निकिता पौडेलको पुनर्बहाली

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निकिता पौडेलको पुनर्बहाली भएको छ । हालको सरकारले शेरबहादुर देउवाले भदौ १४ गतेदेखि फागुन २ गतेसम्म सरकारले गरेका नियुक्ति खारेज गरेपछि निकिताको पद खोसिएको थियो ।

पदविहीन भएपछि उनले केपी ओलीलाई खुला पत्रसमेत लेखेकी थिइन् । साथै उनी सोमवार आफू प्रक्रियाबाट आएको भन्दै सर्वोच्च पुगेकी थिइन् ।

सर्वोच्चको अदालतको अन्तरिम आदेशपछि अब उनी फेरि विकास बोर्ड फर्किएकी छिन् । आज नै बक्स अफिसको पनि उद्घाटन हुँदैछ ।

चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष समेत बनेकी निकिताले सात महिनाको कार्यकालमा बक्स अफिसको कार्यान्वयनलाई मुख्य प्राथमिकता दिएकी थिइन् । 

निकिताको मंसिर २५ गते नियुक्ति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?