काठमाडौं । नयाँ वर्षमा आन्तरिक पर्यटनलाई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा विकास बैंकले पर्यटकीय स्थल पोखराको प्रख्यात होटल ‘पोखरा बाटिका –क्लासिक होटल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरुमा आर्कषक छुटको लागि सम्झौता गरेको छ ।
उक्त होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा २० प्रतिशत छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुटको लागि सम्झौता गरेको हो ।
सम्झौताअनुसार, यस बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन् ।
हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया