मुगुका किशोरीलाई खेलकुद सामाग्री प्रदान

काठमाडौं । स्पेनमा भएको फुटबलमा सहभागि भएर फर्केका मुगुका किशोरी खेलाडीको समूह ‘रारा टिम’ लाई खेलकुद सामाग्री प्रदान  गरिएको छ । 

अन्तर्राष्ट्रिय कम्पनी  ‘केल्मी ब्राण्ड’का नेपाल निर्देशक उत्तम नेपालले मंगलबार आयोजित कार्यक्रममा मुगुका १७ फुटबल खेल्ने किशोरीलाई फुटबल र सुज प्रदान गरेका हुन् । 
केही दिनअघि स्पेनमा भएको ‘डोनस्टिक कप इन्टरनेशनल’ प्रतियोगितामा बार्सिलोना, रियल म्याड्रिड, एथलेटिको विल्वाहो

लगायत विदेशी क्लबसँग नेपालको रारा टिमले खेलेको थियो । प्रतियोगितमा विश्वका ६ सय ३० समूहका आठ हजार खेलाडी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?