अभिनेत्री रिता भादुडीको निधन

मुम्बई । बलिउड फिल्ममा आमाको रोलका लागि निकै चर्चित अभिनेत्री रिता भादुडीको निधन भएको छ । 

मंगलबार बिहान निधन भएको सिनियर अभिनेता शिशिर शर्माले ट्वीटरमार्फत जानकारी दिएको हो । उनको निधनले यतिबेला बलिउड फिल्म क्षेत्र शोकमग्न छ ।

१० दिन देखि अस्पताल भर्ना भएकी भादुडीको ६२ वर्षको उमेरमा निधन भएको हो ।

उनले बलिउडका हिरो नम्बर वान, बेटा, विरासत, घर हो तो यैसा लगायत अन्य चर्चित फिल्म काम गरिसकेका थिइन् ।

उनले पछिल्लो पटक स्टार भारत टिभीबाट प्रसारण हुने टेलिसिरियल इमाराती देबि र निम्की मुखियामा अभिनय गरेकी थिइन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?