‘मेरो सुरक्षा’ले स्मार्ट फोनको गर्छ रक्षा !

काठमाडौं । मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ ?

अब ढुक्क हुनहोस् ।

तपार्इंको मोबाइलको रक्षा ‘मेरो सुरक्षा’ले गर्ने भएको छ ।

नेपालमै पहिलो पटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लान ‘मेरो सुरक्षा’ले मोबाइलका प्रयोगकर्ताको हैरानीको अन्त्य गर्ने भएको हो । 

मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि ‘मेरो सुरक्षा’ नामक योजना शुुरु गरेको छ ।

‘मेरो सुरक्षा’का अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्र्तगत नयाँ मोबाइल पाउने छन् ।

साथै हराएको सम्पूर्ण डाटा ‘रीकभर’ गरी कम्पनीले प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराई टेन्सन मुक्त जीवन बिताउन सहयोग गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?