काठमाडौं । कन्नड सुपरस्टार यशको बहुप्रतीक्षित फिल्म केजीएफ च्याप्टर-२ आज रिलिज भएको छ । यस फिल्ममा यशका अलावा सञ्जय दत्त र रविना टण्डन पनि देखिनेछन् ।
केजीएफ च्याप्टर-२ मा सञ्जय दत्त मुख्य भिलेन अधेराको भूमिकामा छन् । यो फिल्ममा उनी केजीएफ पाउनको लागि रकी भाइसँग लडिरहेका देखिनेछन् ।
केजीएफको सफलतापछि, प्रशंसकहरू पनि केजीएफ च्याप्टर-२ को लागि उत्सुकतापूर्वक पर्खिरहेका थिए। आज उनीहरुको प्रतीक्षाको अन्त्य भएको छ । केजीएफ रिलिज हुनुअघि, सञ्जय दत्तले फिल्महरूमा आफ्नो भूमिका र छोरीसँगको सम्बन्धको बारेमा कुरा गरेका थिए ।
एक–अन्तर्वार्ताका क्रममा सञ्जय दत्तले आफ्नी छोरी इक्राले यो फिल्म नहेर्ने कुराको खुलासा गरेका छन् । सञ्जयले खुलासा गरे, ‘इकराले मेरो क्यारेक्टर मरेको फिल्म हेर्दैन । हरेक पटक फिल्म साइन गर्दा मेरो छोरीको पहिलो प्रश्न हुन्छ, ‘के तपाइँ फिल्ममा मर्ने हो ? यदि यस्तो भयो भने उनले चलचित्र हेर्दिनँ ।
अर्कोतर्फ उनका छोरा शाहरान दत्त निकै उत्साहित छन् । सञ्जय दत्तले भने, ‘मलाई थाहा भएको छ कि उसले आफ्ना साथीहरूलाई यो फिल्मको बारेमा धेरै घमण्ड गरिरहेको छ।’
सञ्जय दत्तको फिल्म केजीएफ च्याप्टर-२ उनको जीवनको यादगार फिल्म हुनेछ । सन् २०२० मा यो फिल्मको सुटिङको क्रममा उनलाई फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो । निको भएपछि अभिनेताले फिल्मको सुटिङ पूरा गरेका थिए ।
सञ्जयले भने, ‘बिरामी निको भएर अहिले अनुशासित जीवन बिताइरहेको छु । निको भएपछिको मेरो यात्रा निकै चुनौतीपूर्ण रह्यो । म धेरै भाग्यमानी छु कि मसँग मान्यताजस्ता श्रीमती र सन्तान छन्, ती सबै मेरो प्रेरणा हुन् ।’
फिल्मको सुटिङका क्रममा निर्माताले सञ्जय दत्तलाई बडी डबलको मदत लिन पनि सुझाव दिएका थिए तर उनले मानेनन् र पूरै दृश्य आफैँले खिचेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया