काठमाडौं । मार्वल स्टुडियोको अर्को महिना रिलिज फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ पनि भारतीय फिल्म ‘बाहुबली २’ र ‘केजीएफ २’ को ट्रेन्ड पछ्याउँदै आएको छ । सन् २०१७ मा रिलिज भएको फिल्म ‘डक्टर स्ट्रेन्ज’ले बक्स अफिसमा करिब ८५ मिलियन डलरको ओपनिङ गरेको थियो ।
अब यसको सिक्वेलको पहिलो दिनमै करिब १९ करोड डलर कमाउने अनुमान गरिएको छ । किनभने फिल्म रिलिज हुनु एक महिनादेखि खुलेको अग्रिम बुकिङले विश्वभर हंगामा मच्चाएको छ । अमेरिकामा चलचित्र ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ ले यो वर्ष अग्रिम बुकिङको नयाँ रेकर्ड कायम गरेको छ ।
‘द ब्याटम्यान’लाई पछि पार्ने चलचित्र ‘ डक्टर स्ट्रेन्ज २ ’ :
डक्टर स्ट्रेन्ज २ आगामी मे ६ मा रिलिज हुँदैछ । डक्टर स्ट्रेन्ज २ ले यो वर्ष रिलिज भएका हलिउड चलचित्रमध्ये सबैभन्दा धेरै अग्रिम बुकिङ भएको बताइएको छ । मार्वलको ‘स्पाइडर म्यान नो वे होम’ पछि यो मार्भलको दोस्रो फिल्म हो, जसले अग्रिम बुकिङमा मात्रै यति धेरै कमाई गरेको छ । फिल्म ‘स्पाइडरम्यान नो वे होम’ले अमेरिकामा करिब २६ करोड डलरको ओपनिङ गरेको थियो ।
वार्नर ब्रदर्सको फिल्म ‘द ब्याटम्यान’ले यो वर्ष रिलिज भएका फिल्ममध्ये अहिलेसम्मकै सबैभन्दा धेरै ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन करिब १३ करोड ५० लाख कमाएको थियो भने एडभान्स बुकिङको चलनलाई आधार मानेर चलचित्र ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’को ओपनिङ योभन्दा धेरै हुने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया