काठमाडौं । नेपालमा विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटल स्थापनाको २९ औं वर्षमा प्रवेश गरेको छ । अस्पतालले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा क्यान्सर स्क्रिनिङसँग सम्बन्धित नयाँ प्याकेजहरुको घोषणा गरेको छ भने केही पुराना प्याकेजहरुमा विशेष छुटको अफर समेत सार्वजनिक गरेको छ ।
नर्भिकले निकट भविष्यमै क्यान्सरको समेत विश्वस्तरीय उपचार सेवा थालनी गर्दैछ । यसैको पूर्वतयारी स्वरुप अस्पतालले क्यान्सरसँग सम्बन्धित हेल्थ प्याकेजहरु डिजाइन गरी छुटको अफर समेत सार्वजनिक गरेको हो ।
वार्षिकोत्सवको अवसर पारेर नर्भिकले क्यान्सरसँग सम्बन्धित ३ वटा हेल्थ प्याकेजहरु ल्याएको छ । नर्भिकले ४० वर्षभन्दा माथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको विशेष प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्क बैशाख महिनाभरिलाई ३० प्रतिशत छुट गरी रु. १४००० कायम गरिएको छ ।
४० वर्षमाथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको यो विशेष प्याकेज हो । यसअन्तर्गत १० खालका विशेष परीक्षण तथा विशेषज्ञको विशेष परामर्श सेवा समेत समावेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया