फेन्सिङ टोली चीन प्रस्थान

काठमाडौं । विश्व फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली मंगलबार चीनको उझी प्रस्थान गरेको छ ।

जुलाई १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा कमला श्रेष्ठले साब्रे स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन् ।

‘राखेप’ च्याम्पियनसिपकी स्वर्ण पदक विजेता कमला इन्डोसियामा हुने १८ औं एसियाली खेलकुदका लागि छनोट भएकी खेलाडी हुन् । व्यवस्थापकमा नेपाल फेन्सिङ संघकी सचिव हेल्गा राणा रायमाझी रहेकी छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?