१५ सदस्यीय टोलीको घोषणा, सुवास खकुरेलको ‘कमब्याक’

काठमाडौं। ओपनर ब्याट्सम्यान सुवास खकुरेलले राष्ट्रिय क्रिकेट टिममा कमब्याक गरेका छन् ।

२९ तारिखमा लर्ड्समा हुने एमसीसी र नेदरल्याण्ड्ससँग खेल्ने १५ सदस्यीय नेपाली टोलीको मंगलबार घोषणा भएको हो । घोषणासँगै खकुरेलले ३ वर्षपछि राष्ट्रिय टिममा कमब्याक गरेका हुन् । 

पारस खड्काको कप्तानीमा रहेको टोलीमा ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, बसन्त रेग्मी, करण केसी, ललित भण्डारी र ललितनारायण राजवंशी रहेका छन् । त्यस्तै आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषावकर र सोमपाल कामी रहेका छन् ।

यता, विनोद भण्डारी, सुनील धमला, सुशन भारी र दीपेन्द्र सिंह ऐरी वैकल्पिक खेलाडीमा परेका छन् ।

नेपाली टोली बिहीबार इंग्ल्याण्ड जानेछ । नेपाली टोलीले नेदरल्याण्ड्सँग एकदिवसीय श्रृ‌ङ्खला पनि खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?