अब कर्णालीका नागरिक भूमिहीन भएर बस्नुपर्दैन : मुख्यमन्त्री शाही

युवराज पंगाली ।
सुर्खेत–कर्णाली प्रदेशका कोही नागरिक भुमीहीन भएर बस्नुनपर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताएका छन् ।
सुर्खेत गुर्भाकोट नगरपालिकाको सुबाघाटमा सिमान्तकृत, आदीवासी जनजाति तथा पिछडा समुदायका लागि सौर्य विद्युत प्रणाली हस्ताणतरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
भ्रष्टाचार र अनियमितता गर्ने उद्धेश्यले योजना निर्माण हुने परम्परा रहेको भन्दैै मुख्य मन्त्री शाहीले योजना निर्माण र कार्यान्वयनमा जनताको हस्तक्षेप आवश्यक रहेको उनकोे भनाई छ ।
सवै किसिमका भुमि समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले शक्तिशाली भुमि आयोग निर्माण गर्ने निर्णय गरेको पनि मुख्यमन्त्री शाहीले जानकारी दिए । ‘सिमान्तकृत, अल्पसंख्यक, पिछडा वर्गको आफनै आवास निर्माणका लागि सरकारले आवश्यक वजेट सहित मुख्यमन्त्री एकिकृत वस्ती विकास कार्यक्रम संचालन गर्ने निर्णय उनले बताएका छन् ।
कार्यक्रममा लोपोन्मुख, सिमान्तकृत समाज उत्थान केन्द्रका अध्यक्ष लालवहादुर राजीले सिमान्तकृत, अल्पसंख्यक, पिछडा समुदायको जिवनस्तरमा परिवर्तन ल्याउन वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य विद्युत प्रणाली वितरण गरिएको बताए ।
लोपोन्मुख, सिमान्तकृत समाज उत्थान केन्दद्धारा आयोजित कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री खडकवहादुर खत्री, प्रदेश सभा सदस्य ठम्मर विष्ट र गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन लगायतले सम्वोधन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?