काठमाडाैं : बुधबार अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ ।
मंगलबार अमेरिकी डलर १ को बिक्रीदर ११० रूपैयाँ ०२ पैसा रहेकोमा बुधबार यो दर १०९ रूपैयाँ ८३ पैसामा झरेको छ । युरोको विनिमय दर मंगलबार १२८ रूपैयाँ ९९ पैसा रहेकोमा बुधबार १२८ रूपैयाँ कायम भएको छ ।
यस्तै, हिजो ३६३.४६ रूपैयाँ बिक्रीदर रहेको कुवेती दिनार अाज मंगलबार ३६२ रूपैयाँ ७१ पैसामा झरेको छ ।
विदेशी मुद्रा नेपाली रूपैयाँसँग कमजोर हुँदा विनिमयदर घट्ने गर्छ । नेपाली रूपैयाँसँग विदेशी मुद्राको विनिमयदर घट्दा प्रवासमा रहेका नेपालीहरूले पठाउने विप्रेषण अाय (रेमिट्यान्स) सटहीमा घाटा पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया