अमेजनका संस्थापक जेफ बिजोस अहिलेसम्मका सबैभन्दा बढी सम्पत्ति जोडने अर्बपति

एजेन्सी : अमेजनका संस्थापक जेफ बिजोसको कुल सम्पत्ति १ खर्ब ५० अर्ब अमेरिकी डलर बराबर पुगेको छ ।

ब्लुमबर्ग अर्बपतिहरूको सूचीका अनुसार बिजोसको सम्पत्ति डेढ खर्ब आँकलन गरिएको छ ।

गएको १२ महिनामा बिजोसको कुल सम्पत्तिमा ६० अर्ब अमेरिकी डलरले बृद्धि भएको हो ।

यो बृद्धिसँगै उनी विश्वका सबैभन्दा बढी सम्पत्ति भएका धनी बन्न पुगेका हुन् ।

विश्वका सबैभन्दा बढी धनी भएका माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पनि यो स्थान पाउँदा यत्ति सम्पत्ति जोड्न सकेका थिएनन् ।

बिल गेट्समा सन् १९९९मा धनीहरूको सूचीको सबैभन्दा शीर्षस्थानमा पुगेका थिए ।

त्यतिखेर गेट्सको सम्पत्ति १ खर्ब अमेरिकी डलर थियो  र अहिले उनको  तयो सम्पत्ति १ खर्ब ४९ अर्ब अमेरिकी डलर बराबर हुन्थ्यो होला ।

गेट्स अहिले विश्वका धनीहरूको सूचीको दोस्रो स्थानमा छन् ।

उनको सम्पत्ति ९५ अर्ब अमेरिकी डलर छ । यसअघि ७० करोड अमेरिकी डलर बराबरको माइक्रसफ्टका शेयर र २.९ अर्ब अमेरिकी डलर नगद सन् १९९६देखि अरूलाई दिइ सकेका छन् ।

ब्लुमबर्गले जनाए अनुसार गेट्सले बिल र मेलिन्डा गेट्स फाउन्डशनका लागि सो नगद र सम्पत्ति दान दिएका छन् ।

बिजोसले हरेक बर्ष १ अर्ब अमेरिकी डलर बराबरको अमेजनको शेयर अन्तरिक्ष यात्राको व्यापारिक विकासका लागि स्थापना गरेको ब्लु ओरिजनका बेच्दै आएका छन् ।

गेट्सलाई उछिन्नेर बिजोसले धनीहरूको सूचीको शीर्षस्थानमा पहिलो पटक सन् २०१७को जुलाईमा पुगेका थिए ।

त्यतिखेर अमेजनको शेयरको मूल्यमा केही बृद्धि हुँदा उनको सम्पत्तिको मूल्य बढेर गेट्सको सम्पत्ति भन्दा बढी हुन पुगेको थियो ।

अमेजनले आफ्नो कम्पनीका कामदारहरूको पारिश्रमिक न्यायपूर्णरूपले दिएको जनाएको छ ।

उसले जनाए अनुसार उसका स्थायी कामदारको आम्दानी प्रतिघन्टा १२.२२ युरो रहेको छ ।

अमेजनको प्रतिस्पर्धी कम्पनी माइक्रोसफ्टले खुद्रा बिक्री कम्पनी वालमार्टसँग पाँच वर्षको एक सम्झौता गर्ने भएको छ ।

माइक्रोसफ्टले वालमार्टको खुद्रा व्यापारमा प्रविधिको प्रयोग गर्ने उद्देश्यले यो सम्झौता गर्न लागेको देखिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?