फलेवास : पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ ।
पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो । कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा विकलाई खोलाले बगाएको हो ।
खेतमा काम सकेर घर फर्कँदै गर्दा खोला तर्न पसेका विकको शव १०० मिटर तल भेटिएको स्थानीयवासी सुरेन्द्र गौतमले जानकारी दिए । विकले मादकपदार्थ सेवन गरेर खोला तर्न पसेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । खोलाले बगाएको स्थान नजिकै झोलुंगे पुल भएपनि उनी पुल नतरी खोलामा तर्न खोजेका कारण दुर्घटना भएको हो ।
मृतक विकको शव परीक्षणका लागि रातिनै जिल्ला अस्पताल पर्वतमा ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया